समाचार प्रभाव : इलाम चोकबजारको ब्यानर हटाइयो

  नयाँ बुलन्द  284 पटक हेरिएको

इलाम : इलाम सदरमुकामको चोक बजारमा जथाभावी टाँगिएको ब्यानर हटाइएको छ । चोकबजारमा जथाभावी प्रचारका रुपमा ब्यानर टाँगिएको समाचार पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले प्रकाशित गरेपछि हटाइएको हो ।

नयाँ बुलन्दले मंगलबार ‘प्रचार सामग्रीले कुरुप बन्दै इलाम चोकबजार‘ शीर्षकमा समाचार प्रकाशन गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको थियो । त्यसको प्रभाव एकाबिहानै देखिएको छ । अहिले ब्यानर राखिएको स्थान खाली देखिएको छ ।

चोक बजारमा रहेको फुलबारीको बारमा वरिपरी प्रचार सामाग्री झुन्डिएको मात्र देखिने ठाउँ अहिले खाली छ । खाली भएसँगै शहरी सौन्दर्य समेतले मुहार फेरेको देखिएको छ । मुख्य चोकबजारमा रहेको फुलबारीमा नै प्रचार सामाग्री राँखिदा पर्यटकका लागि त्यो फुलबारीको सौन्दर्य सधैं ओझेलमा परेको गुनासो आएको थियो ।

धेरैको नजरमा पार्नका लागि मुख्य चोकबजारमा राखिएका त्यस्ता ब्यानरहरुमा सवारी चालकको समेत ध्यान केन्द्रित हुने भएकाले दुर्घटनाको जोखिम बडेपछि स्थानीयले समाचार लेखिदिन नयाँ बुलन्दलाई आग्रह समेत गरेका थिए । नयाँ बुलन्दको समाचारमा प्रभाव देखिएपछि बजारबासीले नयाँ बुलनदलाई धन्यवाद दिएका छन् ।

सार्वजनिक स्थानमा यस्ता प्रचार सामाग्री टाँगिदा शहरको सौन्दर्य विग्रने भएकाले यसलाई नियन्त्रण गर्न इलाम नगरपालिकाले अनुगमनलाई समेत चुस्त बनाउनुपर्ने देखिन्छ । आसा गरौं यसतर्फ नगरपालिकाको ध्यान निरन्तर जारी रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार