माइभ्याली गोल्डकपमा प्रेस पासका लागि पत्रकारको सूचि प्रकाशित, विभेद गरिएको भन्दै कडा आलोचना

इलाम : इलाममा विहीबारदेखि संचालन हुन लागेको छैटौं अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिता २०७६ मा प्रवेशका लागि  आयोजकले पत्रकारहरुको सूचि सार्वजनिक गरेको छ ।

‘इलाम तथा छिमेकी जिल्लाहरुमा क्रियाशील मिडिया हाउस तथा पत्रकारहरुको विवरण’ भनेर ५० वटा प्रेस पासको सूचि सार्वजनिक गरेको छ । आयोजक माइभ्याली फूटकल क्लब इलाममका सचिव राजेश पराजुलीले ‘इलामका क्रियाशील पत्रकारहरुको समूह’ नामको पत्रकारहरुको म्यासेन्जुर ग्रुपमा सो सूचि पोष्ट गर्दै कार्ड लिन सम्पर्क गर्न अनुरोध गरेको छ ।

तर सो सूचि सार्वजनिक हुनसाथ जिल्लाका क्रियाशील पत्रकारहरुले असन्तुष्टी पोखेका छन् । पत्रकारहरुले म्यासेन्जर ग्रुपमा प्रतिक्रिया जनाउँदै प्रेस पास वितरणमा विभेद गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

कतिपय क्रियाशील पत्रकारहरु अटाइएको छैन भने संवाददाता नै नभएका मिडियालाई सूचिमा राखिएको छ । कतिपय संचारमाध्यमलाई समावेश गरिएको छैन भने दर्ता नै नभएका अनलाइन र सामाजिक संजाल फेसबुक पेजलाई समेत प्रेस पास दिइएको भन्दै आलोचना गरिएको छ । त्यस्तै मिडिया हाउस र क्रियाशील पत्रकारको विवरण भनिएपनि कति मिडिया हाउसलाई समावेश गरिएको छैन । केही संचारसम्बद्ध संस्थालाई दिइएको छ भने केहीलाई दिइएको छैन ।

जिल्लाबाट संचालित ३ वटा दैनिक पत्रिकालाई २/२ वटा प्रेस पास दिइएको छ । ६ वटा रेडियोमध्ये ५ वटालाई २/२ वटा र रेडियो माङसेबुङलाई १ वटा मात्र दिइएको छ । यहाँ विभेद गरिएको प्रष्ट हुन्छ ।

त्यस्तै दर्ता भएर संचालित अनलाइन संचारमाध्यम नयाँ बुलन्द डटकम, एविसी नेपाली, निगरानी टडकम, लोकल सन्देशलाई १/१ वटा दिइएको छ माङसेबुङ न्युज डटकमलाई दिइएको छैन । बोरु दर्ता नै नभएका माइपोखरी र सरलपाटीलाई १/१ वटा दिइएको छ । यसमा दर्ता गरेर संचालनमा रहेका र दर्ता नै नगरेकालाई एउटै डालोमा राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै सामाजिक संजाल फेसबुक पेज इलाम ग्रीनलाई समेत एउटा प्रेस पास दिइएको छ । इलाम ग्रीनलाई दिदाँ मिसन इलामलाई किन नदिइएको भनी प्रश्न उठाइएको छ । यी दुवै फेसबुक पेज मात्र हुन् ।

त्यस्तै राजधानीबाट प्रकाशनि ब्रोडसिटका राष्ट्रिय दैनिक तथा टेलिभिजन र अनलाइनका जिल्लास्थित संवाददताहरुलाई पनि उपलब्ध गराईएको छ । तर जिल्लामा संवाददाता नै नभएका विविसीलाई पनि दिइएको छ । जिल्लाबाट संवाददाता रहेका राष्ट्रिय टेलिभिजन सगरमाथा, नेपाल समाचारपत्रसहित स्थानीय हिमशिखर, सूर्योदय टेलिभिजन लगायतका संवाददतालाई दिइएको छैन ।

उता संचारसम्बद्ध संस्था नेपाल पत्रकार महासंघका अध्यक्ष, केन्द्रीय सदस्य, प्रदेश उपाध्यक्षलाई दिदाँ संचारसम्बद्ध अर्को संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई दिइएको छैन ।

यसरी प्रेस पासको लागि पत्रकारको सूचि सार्वजनिक गर्ने क्रममा क्रियाशील पत्रकारहरुलाई छुटाइएको भन्दै आक्रोश व्यक्त गरिएको छ । कतिपय पत्रकारले छुटेका विवरण भनेर थप्न सुझाव समेत दिएका छन् भने कतिले नियतस कि भसलवस भनी प्रश्न गरेका छन् । तर आयोजकले यस विषयमा कमजोरी गरेको भन्ने सबै प्रतिक्रियाबाट निष्कर्श निकाल्न सकिन्छ । यसलाई आगामी लिनमा सच्याएर अघि बढ्ने कि नबढ्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार आयोजककै जिम्मामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार