पोख्रेल द्धारा समाजसेवामा पौने दुई करोड खर्च ।।

समाजसेवी राधिका पोख्रेलले हालसम्म करिब पौने दुई करोड रुपैया समाजसेवामा खर्चिनुभएको छ । तेह्रथुमको सोल्मामा जन्मनुभएकी पोख्रेलले भौतिक पुर्वाधार निर्माण, बिरामीलाई स्वास्थ्य उपचार तथा .खेलकुद तर्फ गरि पौने दुई करोड समाजसेवामा खर्चिनुभएको हो ।

  टीआर लिम्बु  57 पटक हेरिएको

तेह्रथुम , फागुन
समाजसेवी राधिका पोख्रेलले हालसम्म करिब पौने दुई करोड रुपैया समाजसेवामा खर्चिनुभएको छ । तेह्रथुमको सोल्मामा जन्मनुभएकी पोख्रेलले भौतिक पुर्वाधार निर्माण, बिरामीलाई स्वास्थ्य उपचार तथा .खेलकुद तर्फ गरि पौने दुई करोड समाजसेवामा खर्चिनुभएको हो । समाजसेवी पोख्रेलले केहिदिन अघि मात्र तेह्रथुममै रहेको जिरिखिम्ती बृद्धबिश्राम तथा परोपकार केन्द्रलाई १० लाख ११ हजार १ एघार सहयोग गर्नुभएको छ । यस अघि बिभिन्नदाताहरुको सहयोगमा निर्माण भएको भवन नजिकै बृद्धबृद्धाहरुलाई घाम ताप्न र बस्नका लागि जग्गा आबस्यक भएको भन्दै समाजसेबी पोख्रेलले जग्गा खरिदका लागि ७ लाख रुपैया रकम दिए पछि जग्गा खरिद गरेको बृद्धबिश्राम तथा परोपकार केन्द्रका अध्यक्ष भर्त बहादुर सिंजागुले बताउनुभयो । उहाले यहाँका बृद्धबृद्धाका लागि समाजसेबी पोख्रेलद्धारा प्राप्त ७ लाखले जग्गा किन्ने र यस अघि प्राप्त ३ लाख ११ हजार १ सय ११ ले भवनलाई रंगरोगन गरेको जानकारी दिनुभयो ।

बृद्धबिश्राम तथा परोपकार केन्द्रलाई प्रदान गरेको रकम सोमबार एक कार्यक्रमको आयोजना गरि १ नं. प्रदेश सभा सदस्य लक्ष्मण तवारी र म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाङफे द्धारा संयुक्त रुपमा केन्द्र लाई हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष सिंजागुले जानकारी दिनुभयो । सुरुमा देउसी खेलेर संकलन भएको रकमबाट यहाँका ३ दर्जन बढी बृद्धबृद्धाहरुलाई घाम ताप्न र बसिबियालो गर्नका लागि सहज होेस भनेर बृद्धबृद्धाहरुले निर्माण सुरु गरेको भवन पुरा भई यसका लागि खेलमैदान समेत समाजसेबी पोख्रेलले किनि दिए पछि दैनिक यहाँ रमाउन आउने बृद्धबृद्धाहरुलाई सहज भएको निर्माण समितिका सचिब सुबिन्द्र थेगुवाले बताउनुभयो ।

तेह्रथुम जिल्लामै बृद्ध र आलआश्रम निर्माणको सोचले म्याङलुङमा करिब ७५ लाख रुपैयामा ७ बर्ष अघि ५ रोपनी जग्गा समेत खरिद गरे पनि बिभिन्न कारणले निर्माण कार्यअघि बढाउन नसकि रहेको बेला जिरिखिम्ती बजार आसपासका बृद्धबृद्धाहरुले देउसी खेलेर समेत यति राम्रो भवन सुरु गरेको देखेर आफुले जग्गाका लागि सहयोग गरेको समाजसेबी पोख्रेलले बताउनुभयो । अहिले सम्म समाजसेवाको नामम करिब पौने २ करोड रकम आर्थिक सहयोग गरिसक्नुभएका पोख्रेलले यस अघि ३४ लाख ५० हजारमा स्वर्गीय जिबराज आश्रीतका पत्नि माया ज्ञवालीको घर तथा सालिक सहित पार्क निर्माण निर्माण गरिदिनुभएको छ ।

समाजसेबी पोख्रेलले म्याङलुङ क्याम्पस तेह्रथुममा पुस्तकालय भवन निर्माणका लागी १० लाख र अक्षयकोषका लागि १ लाख ११ हजार १ सय ११, रत्न माबिमा सोल्मामा स्टेज निर्माण १० लाख ,म्याङलुङ ७ को पतालेश्वर मन्दिर निर्माण १० लाख र पुजारी ब्याबस्थापनका लागि एक लाख ५० हजार, पिगुवा खोलामा मलामी खाजा घर र सब पोल्ने निर्माणका लागि ८ लाख, रेडियो मेन्छ्यायेमको भवन निर्माणका लागि ७ लाख सहयोग गरिसक्नुभएको छ ।  पोख्रेलले भौतिक भौतिक पुर्वाधार तर्फ १ करोड ५० लाख, बिभिन्न क्षेत्रका बिरामीलाई स्वास्थ्य उपचार तर्फ ३ लाख .खेलकुद तर्फ २ लाख गरि जम्मा पौने दुई करोड समाजसेवामा खर्चिनुभएको छ । समाजसेवी पोख्रेल बिगतका केही बर्षयता अष्ट्रेलियामा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार