प्रचार सामाग्रीले कुरुप बन्दै इलाम चाेकबजार

इलाम : प्रदेश १ को मुख्य पर्यटकिय जिल्ला मध्यको इलाम पनि एक हो । त्यसमा पनि जिल्लाकै पर्यटकिय केन्द्रको रुपमा इलाम सदरमुकामलाई लिने गरिन्छ । तर यतिबेला इलाम चोकबजार प्रचार सामाग्रीले कुरुप बन्दै गएको देखिन्छ । चोक बजारमा रहेको फुलबारीको बारमा वरिपरी प्रचार सामाग्री झुन्डिएको मात्र देख्न सकिन्छ जस्ले गर्दा शहरी सौन्दर्य बिग्रनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

मुख्य चोक बजारमा रहेको फुलबारीमा नै प्रचार सामाग्री राखिदा पर्यटकका लागि त्यो फुलबारीको सौन्दर्य ओझेलमा पर्ने गरेको पाईन्छ । धेरै मानिसको नजरमा पार्नका लागि मुख्य बजारमा राखिएका त्यस्ता ब्यानरहरुमा सवारी चालकको समेत ध्यान  केन्द्रित हुने भएकाले दुर्घटनाको जोखिम रहेको स्थानीयकाे भनाइ छ ।

सार्वजनिक स्थानमा यस्ता प्रचार सामाग्री टाँगिएकाले शहरको सौन्दर्य विग्रिएको छ । यसलाई नियन्त्रण गर्न इलाम नगरपालिकाले अनुगमन समेत गर्न सकेको छैन । केही समय अघी चोक बजार फोहोर भएको भन्दै इलाम साहित्य महोत्सवको ब्यानर इलाम नगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरुले उक्त स्थान बाट हटाएका थिए तर अहिले पनि उतिकै ब्यानर रखिदा भने नगरपालिकाको ध्यान त्यस तर्फ जान सकेको छैन ।

यता सामाजिक सन्जलमा भने सार्वजनिक स्थानमा प्रचार सामाग्री झुन्ड्याउदा समेत नगरपालिकालेको ध्यान नगएको भन्दै आलोचना हुन सुरु भएको छ । तर नगरको ध्यान यसतर्फ कहिले जाने हो ? यसै भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार