प्रधानमन्त्री ओलीको जन्मदिन : केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्म दिन उनले धुमधामका साथ मनाउँदा भएका केही गतिविधिले भने विवादित बन्न पुगेको छ।

आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको छ। सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। कतिपयले यो भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्यसमेत गरेका छन्।

ओली आफ्नो जन्म दिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकास्थित आफू जन्मेको घर पुगेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार