भालुढुङ्गामा निर्माण भएका संरचनाहरूकाे उदघाटन

  नयाँ बुलन्द  171 पटक हेरिएको

इलाम : इलाम नगरपालिका वडा नं. ६ मा अवस्थित पर्यटकिय क्षेत्र भालुढुङ्गामा निर्माण भएका संरचनाहरूकाे उदघाटन भएकाे छ ।

संस्थाका अध्यक्ष हरि गुरुङ्गकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत ज्यूकाे प्रमुख आतिथ्यतामा निर्माण भएका मूर्ति तथा संरचनाहरूकाे अनावरण भएकाे हाे ।

कार्यक्रममा डिभिजन वनका प्रमुख, ६ नम्बर वडाध्यक्ष माधव भट्टराई, जिल्ला युवा समन्वय समिति अध्यक्ष नवराज शंकर, नगर पर्यटन समितिका कार्यवाहक अध्यक्ष सुशिला सापकाेटा ,सामुदायिक वनका अध्यक्ष पवित्रा ढकाल तथा हरितनगर महिला समूहकी अध्यक्ष रिना घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इलाम नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष रजिन खडकाले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सल्लाहकार सुदिप श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार