यूनियन लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दाबी भूक्तानी

इलाम : विहिबार यूनियन लाईफ इन्स्योरैन्स कम्पनी लिमिटेडले १४ लाख रुपैया मृत्यू दाबी भुक्तानी गरेको छ ।

देउमाई नगरपालिका वडा नंं ४ का श्याम प्रसाद अधिकारीको गत मंसिर २४ गते मलेसियामा मृत्यू भए पश्चात उक्त दाबी भूक्तानी गरिएको हो ।

देउमाई नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा देउमाइ नगरपालिकाका नगर प्रमुख सुर्य पोख्रेल, वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बास्तोला र यूनियन लाईफ इन्स्योरेन्स इलाम शाखाका शाखा प्रमुख गोपाल दाहालले संयूक्त रुपमा मृतककी श्रीमती छायादेबी दुलाल अधिकारीलाई १४ लाख रुपैया बराबरको चेक हस्तान्तण गरिएको हो ।

बैदेशिक रोजगार म्यादी बिमा अन्तरगत १० लाख रुपैँया विमाङ्क, १ लाख रुपैँया शव ल्याउने खर्च, १ लाख रुपँैया काजकिरिया खर्च र संभावित आर्थिक क्षती वापत २ लाख गरि जम्मा १४ लाख रुपँैया वितरण गरिएको शाखा प्रमुख गोपाल दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार