इलाम : इलाम नगरपालिका इलामको छैटौ नगरसभा फागुन ८ गतेबाट शुरु भएको छ ।
नगरसभाको पहिलो दिन कर्मचारी ब्यवस्थापन सम्बन्धी ऐन २०७४ संसोधनका लागि प्रस्ताव, नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७६ को प्रस्तुती र सार्वजनिक निजी साझेदारी लगानी ब्यवस्थापन तथा सञ्चालन ऐन २०७४ संसोधनका लागि प्रस्ताव नगरसभामा पेश गरिएको छ ।
नगरसभाका सदस्य गीताराम विश्वकर्मा र नारदप्रसाद लम्सालले नगरसभमा समक्ष प्रस्ताव पेश गरेका थिए । यसरी प्रस्तुत गरिएका प्रस्तावहरु माथी नगरसभा सदस्यद्वय भानु घिमिरे र दुर्गा श्रेष्ठले आप्mना भनाइहरु राखेका थिए ।
नगरसभाको पहिलो दिनको शुन्य समयमा नगर सभाका सदस्यहरु भानु घिमिरे, दुर्गा श्रेष्ठ, रुद्र विष्ट, डाकप्रसाद दुलाल, गृष्म सब्बा र विष्णु सुब्बाले समसामयिक विषहरुमा आप्mना धारणाहरु राखेका थिए । यसरी शुन्य समयमा उठेका सवालहरु माथी सभाका अध्यक्ष तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आप्mनो धारणा सहित प्रष्ट पारेका थिए ।
आजै नगरसभा समक्ष इलाम नगरपालिकामा शिक्षाको गुणस्तर सुधार गर्नको लागि बनेको समितिले तयार पारेको प्रतिवेदन समितिका संयोजक श्यामकमल मुखियाले प्रस्तुत गरेका छन् ।
छैटौं नगरसभाको दोश्रो बैठक आगामी फागुन ११ गते दिनको ११ बजे बस्ने गरी स्थगन भएको छ ।