सेवा निवृत्त कार्मचारी समाज इलामको अध्यक्षमा लेखनाथ भट्टराई

  नयाँ बुलन्द  100 पटक हेरिएको

इलाम : सेवा निवृत्त कर्मचारी समाज इलामको अध्यक्षमा लेखनाथ भट्टराई निर्वाचित भएका छन् ।

विहीबार इलाम सदरमुकाममा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा रुद्रकुमारी सिजापति, सचिवमा जनक सापकोटा, सहसचिवमा रुद्र नेपाल र कोषाध्यक्षमा धनराज खत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा मोहनप्रसाद गौतम, केशर महत, विष्णुकुमारी दाहाल, हेमसागर पोखरेल, झरेन्द्र सुवेदी र रमेशकुमार बुढाथोकी निर्वाचित भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा हेममणी प्रधान र कृष्णबहादुर सुवेदी चयन भएका छन् ।

त्यस्तै सल्लाहकार समितिमा हरी सुवेदी, नरेन्द्र शिवाकोटी, लक्ष्मण पाण्डे र धनबहादुर चौहान चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार