सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक [सुन्नुहोस् अडियो]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार