सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन

  नयाँ बुलन्द  83 पटक हेरिएको

काठमाडौँ : संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको पनि सचिव पाण्डेले बताए।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ।
मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक [सुन्नुहोस् अडियो]
https://www.youtube.com/watch?v=4NfrgqDxpdQ&t=66s

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार