सञ्‍चारमन्त्रीको कमिसनबारे समाचार लेख्न नपाएपछि ….

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनबारे गरेको छलफल अडियो प्राप्त गरेपनि आफूले समाचार लेख्न नपाएको भन्दै एक दैनिक पत्रिकाका पत्रकारले जागिरै छाडेका छन् ।

नयाँ पत्रिकामा कार्यरत पत्रकार पुष्प ढुंगानाले मन्त्री बास्कोटाको कमिसनबारेको अडियो प्राप्त गरेपनि समाचार छाप्न नपाएको भन्दै पत्रकारितामा ‘ब्रेक’ लगाएको बताएका छन् ।

उनले फेसबुकमा विहीबार बिहान स्टाटस लेख्दै भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु रु खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार