माइजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सुनुवाई

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७६ ̷ ७७ मा संचालन भइरहेका विकास निर्माण कार्य तथा गाउँपालिकाका विविध गतिविधीका बारेमा स्थानिय जनतामा रहेका जिज्ञासाहरु संबोधन गर्ने उद्धेश्य राखेर सार्वननिक सुनुवाई आयोजना गरिएको माइजोगमाई गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सवालमा उठेका जिज्ञासाहरुलाई संवोधन गर्दै माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले प्रहरी चौकी निर्माणका लागि नि ः शूल्क जग्गा प्राप्त भए पनि सुरक्षा संबेदनशीलतालाई ध्यानमा राखेर सो ठाउँमा प्रहरी चौकी निर्माण गर्न समस्या भएको जानकारी दिँदै उपयुक्त स्थान छनोट गरी प्रहरी चौकी निर्माण गरिने बताए ।

साथै गाउँपालिकाका लागि विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको जग्गामा आवश्यक्ता अनुसार भौतिक संरचनाहरु निर्माण गरिने राईको भनाई छ । माइखोलामा गत ६ बर्ष देखि निर्माणधिन रहेको रुलुक पूल सम्पन्न गराउन गाउँलालिकाले पहल गरिरहेको , शिक्षक कर्मचारी कसैको पनि गाउँपालिकाले तलब नरोकेको तर नामसालिङ्ग माध्यमिक विद्यालयको नमुना विद्यालयका लागि आएको बजेट कार्यन्वयनमा आवश्यक काम नगरेकाले विद्यालयको खाता रोकिए पनि हाल सम्झौता भइसकेकाले अब खाता संचालनमा आउने राईले बताए । गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा विद्युत प्रशारण लाइनमा भएको समस्यालाई तत्कालै समाधान गर्ने तथा नयाँ स्थानमा विद्युत विस्तारको पनि काम भइरहेको र विभिन्न क्षेत्रमा सडक निर्माण गर्दा मापदण्ड अनुसार नभएको भन्ने गुनासो आएकाले तत्काल अनुगमन गरी मापदण्ड अनुसारकै सडक निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुको गाउँपालिकामा सवारी साधनको दरुपयोग भएको भन्ने प्रश्नको जवाफ दिँदै गाउँपालिकाका उपाध्यक्ष सावित्रा भट्टराईले केही समय अघि सम्म आफ्नो निजी सचिव रहे पनि हाल आफ्ना लागि निजी सचिव नरहेकाले जो फुर्सद हुन्छ उसैलाई मोटरसाइकल चलाउन लागाउनु पर्ने बाध्यता रहेको बताइन् । न्यायिक समितिमा समस्या लिएर आउँदा संयोजक नभेटिएको भनिए पनि आफू अनुगमनका लागि पनि समय दिनु पर्ने साथै गाउँपालिका कार्यालय र न्यायिक समितिको कार्यालय दुईबटा कार्यालय हेर्नुपर्ने भएकाले पनि समस्या भएको र मुद्धा मामिला हेर्नका लागि साताका दुई दिन छुट्याएको र सके सम्म सोही दिन आइदिए सजिलो हुने बताइन् । साथै गाउँपालिकाले समय समयमा बजार अनुगमन गरिए पनि खाद्यसँग सम्बन्धित विशेषज्ञ नहँदा बजार अनुगमन प्रभावकारी हुन नसकेको उनको भनाई छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७६ ̷ ७७ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र प्रकाश बस्नेतले आर्थिक बर्ष २०७६ ̷ ७७ को गाउँपालिकाको निती तथा कार्यक्रम र संघिय सरकारको सशर्त अनुदानलाई कार्यान्वयन गर्न समानिकरण अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आयबाट कुल बजेटलाई पूँजीगत खर्च तर्फ १५ करोड ३८ लाख ३२ हजार विनियोजन गरिएको र सशर्त अनुदान तर्फ १५ करोड ३८ लाख र चालु खर्च तर्फ ५ करोड ३० लाख गरी कुल ३६ करोड ५४ लाख ३२ हजार अनुमानित खर्च प्रक्षेपण गरि विनियोजन गरिएको बताए ।

हाल सम्म गाउँपालिकाले संघिय सरकार र प्रदेश सरकारबाट आएको विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र गाउँपालिकाको आन्तरिक श्रोतबाट जम्मा १२ करोड ७४ लाख ३८ हजार ७ सय १६ रुपैँया गाउँपालिकाको खातामा जम्मा भएको बस्नेतले जानकारी दिए । साथै चालु आर्थिक बर्षमा गाउँपालिकाले मुख्य गरी सडक, खानेपानी, सिंचाई र भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा विभिन्न वडा कार्यालय र गाउँपालिका जोड्ने सडक तथा वडा स्तरिय सडक निर्माण, वडा कार्यालयहरुको निर्माण सम्पन्न गर्न, विभिन्न धार्मिक स्थलहरुको मर्मत र व्यवस्थापन गर्न पर्यटन बर्षलाई सघाउन विभिन्न कार्यक्रम संचालन गर्न, गाउँपालिकाको बहुउद्धेशिय भवन निर्माण लगायतका कामका लागि आवश्यक बजेट विनियोजन गरएिको उनले बताए ।

गाउँपालिकाले यस आर्थिक बर्षमा २३ जना कडा रोगबाट ग्रषित तथा न्युन आर्थिक अवस्था भएकालाई आर्थिक सहयोग, फरक क्षमता भएका ३ सय १७ जनालाई अपाङ्गता परिचय पत्र वितरण, नयाँबजार क्षेत्रको सुरक्षलाई मध्यनजर गर्दै बजारका विभिन्न क्षेत्रमा सिसिटिभी जडान, कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना, पञ्जिकरणको कामलाई विद्युतिय प्रणालीमा लगिएको, नयाँबजार स्वास्थ्य चौकीमा आयुर्वेद स्वास्थय सेवा थप, विपद व्यवस्थापनका लागि पानी पोखरी निर्माण र आवश्यक सामाग्रीको व्यवस्था, विद्युत विस्तारका लागि आावश्यक समाग्री वितरण, शैक्षिक गुणस्तर बृद्धिका लागि आवश्यक सहयोग, कृषि विउ तथा मल वितरण, फिक्कल गुप्ती नयाँबजार सडक कालोपत्रेका लागि ठेक्का सम्झौता लगायतका काम गरिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार