स्ववियू चुनावको महत्व र आजको सन्दर्भ

  बिशाल कार्की  167 पटक हेरिएको

वि.सं. २०१८ सालमा राजा महेन्द्रले राष्ट्रिय ऐन जारी गरि सात संगठनलाई प्रतिबन्ध लगाए त्यसमा किसान, मजदुर, भूपू सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठनहरु थिए । त्यस निर्णयले स्वतन्त्रता खोसेपछि महेन्द«को निरङकुशतालाई विरोध गरेर विद्यार्थीहरुले नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खोल्न पाउनु पर्ने भनेर आवाज बुलन्द गरे । राष्ट्रिय ऐनको विरुद्धमा विभिन्न संघर्षहरु भए ।

विद्यार्थीको आवाज सशक्त रुपमा उठेपछि उक्त आवाजलाई मथ्थर पार्न आफू अनुकुलको विद्यार्थी संगठन खोलियो । त्यो कदम फगत आँखाको छारो मात्र भएकोले विद्यार्थीहरुको विरोध रोकिने कुरा भएन । वि.सं. २०१९ फागुन ७ गते राजा महेन्द« टुँडिखेलमा परेड अवलोकन गरिरहेको अवस्थामा विद्यार्थीहरुले विरोध गरे अझ भनौ कालो झण्डा नै देखाए । यो त्यसबेलाको सबै भन्दा शसक्त विरोध मानिन्छ ।

स्ववियू स्थापना हुनुपर्नेे माग चर्कदै गएपछि वि.सं. २०२० भाद्र २०२० मा त्रिभुवन विश्वविद्यालयले स्ववियु निवाचन गर्ने व्यवस्था गर्यो । यस संगै प्रगतिशिल पक्षका जनार्दन आचार्य सभापतिमा प्रथम पटक निर्वाचित भए । यसरी हेर्दा स्ववियुले आफ्नो आयुको ५७ औं वसन्तमा आफुलाई हिडाइ रहेको छ । देश लोकतान्त्रिक परिपाटिमा छ । अझ हाम्रो संघर्षंको परिणाम स्वरुप आज हामि संघिय, लोकतान्त्रिक, गणतन्त्रात्मक देशमा बाँचिरहेका छौं । व्यवस्थामा त हामि अत्यान्त सुन्दर व्यवस्थामा छौं ।

संसारभर हालसम्म परिकल्पना गरिएको व्यवस्था मध्धेको सर्बोच्च व्यवस्था नै हो यो । तसर्थ लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष नै आफ्नो प्रतिनिधि आफैले चुन्न पाउने व्यवस्था हो । यसैको एउटा रुप हो स्ववियु । यो सम्पूर्ण विद्यार्थीहरुको साझा संस्था पनि हो । जहाँ विद्यार्थीहरुले आफ्नो प्रतिनिधिको चयन गर्न पाँउछन् र तिनै प्रतिनिधि मार्फत आफ्नो हक अधिकारको रक्षा गर्छन । प्रतिनिधिको प्रत्यक्ष निगरानि र खवदारी गर्छन । अझ सामान्यीकरण गर्दा, विद्यार्थीले आफ्नो हक, अधिकार र कामका निमित्त आफ्नो मतलाई बैधानिक रुपमा प्रयोग गरेर पठाएको काम गर्ने मान्छे पठाउने व्यवस्था हो स्ववियु ।

तर पछिल्लो एक दशक यता देशको लोकतान्त्रिक परिर्तन र त्यो परिवर्तनले ल्याएको परिवर्तित व्यवस्था जति सुदृढ र बलियो भयो , स्वतन्त्र विद्यार्थी युनियनलाई त्यति नै कमजोर र शिथिल बनाइदै छ । विभिन्न बहानामा चौतर्फी प्रहार वर्तमानमा स्ववियुले खेपिरहेको छ । केहि वुद्धिजिवी भन्नेहरु स्ववियुको औचित्य माथि प्रश्न गर्न पनि पछि पर्दैनन् । त्रिभुवन विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसहरु अर्को शक्ति केन्द« जन्मने भयले भरसक विद्यार्थी संघ÷संगठनलाई फुटाउ र राज गरको मानसिकतामा छ । त्रिविको आंगिक क्याम्पसमा जहाँ जहाँ स्ववियु निर्वाचन भएन त्यहाँ लाचार र लाछि प्रशासन देखियो ।

आफुलाई उपयुक्त लागेको उम्मेद्वार र आस्था राखेको संगठनलाई मत दिन सक्ने मिश्रित व्यवस्था हुँदाहुदै अझै पनि हामि विद्यार्थीहरु व्यवस्थाको बहस कोट्याउन छाडेका छैनौ । त्रिवि नियमावली अनुसार दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव नहुनुमा हामि विद्यार्थी संघ÷संगठन र त्यसका मातृ पार्टि पनि उत्तिकै दोषि छौ वि.सं. २०७३ सालमा भएको स्ववियु चुनावको स्थिती हेर्ने हो भने त्रिविको ६० आंगिक क्याम्पसहरु मध्धे ३४ क्याम्पसमा स्ववियु भएन । यसमा पनि माथिका विविध कारण समावेश थिए ।

भर्खरै विशेष कारण भनेर त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियु चुनाव स्थगित भएको घोषणा ग¥यो । त्यो पनि अनिश्चित कालको लागि , अझ विद्यार्थी संगठन कै सहमतिमा स्थगित गरियो भन्ने कुरा कार्यकारी रेक्टर मार्फत जानाकारी भयो । एक महिना अघि नै फागुन १४ मा गरिने भनिएको स्ववियु चुनाव कार्यतालिका सार्वजनिक गर्न नसकेर रोकिएको भन्ने कुरा उनैले बाहिर ल्याए । यदि त्यसो हो भने यो कुराले विद्यार्थी नेतृत्व माथि पनि गम्भिर प्रश्न उठ्छ कि दुई÷दुई वर्षमा गरिने भनिएको स्ववियु स्थगित गर्न के त्यस्तो कारण हो ? आन्तरिक स्वार्थलाई प्रश्रय नदिई साँच्चिकै स्ववियु लाई निरन्तर हुने वातावरणको निर्माण गरौ होइन भने भावि पुष्ताले हाम्रो सक्षमता माथि प्रश्न चिह्न उठाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार