७० औं प्रजातन्त्र दिवस इलाममा पनि मनाइयाे

इलाम : आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँएकाे छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै  जिल्ला समन्य समिती इलामको आयोजनामा इलाम सदरमुकामको चोक बजारमा दिप प्रजोलन गरेर मनाईएकाे छ । कार्यक्रममा जिसस प्रमुख गणेश बराल , इलाम नगर प्रमुख महेश बस्नेत उध्योग बाडिज्य संघका अध्यक्ष इश्वर चिपालु , बिभिन्न कार्यालयका प्रमुख एबम इलाम बासीको उपस्थिती रहेको थियो । यस्तै नेबिसंघ मरब क्याम्पस एकाई समिती इलामले पनि दिवस मनएको छ । नेबिसंघले चोक बजारमा नेपालको नक्सा बनाएर दिप प्रजोलन साथै शुभकामना आदानप्रधान गरेर मनाएको हाे ।  

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार