गाउँपालिका अध्यक्ष नै लागे बजार सरसफाइमा

  प्रकाश पाक्साँवा
0 Shares

तेह्रथुम : ७० औ प्रजातन्त्र दिवसको अबसरमा तेह्रथुम जिल्लाको छथर सुक्रबारे बजार छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको नेतृत्वमा सरसफाइ गरिएको छ । अध्यक्ष तिगेला सहित गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार तथा गाउँपालिका कर्मचारी,जनप्रतिनिधि, सुरक्षाकर्मी तथा बजारबासीहरुको टोलिले बजार क्षेत्रमा सरसफाइ गरिएको प्रबक्ता राजन नेपालीले जानकारी दिए ।

बजार क्षेत्रमा यत्रतत्र रहेका फ़ोहोर सरसफाई तथा फ़ोहोरलाई ब्यबसि्थत गरिएको छ । करिब ३० जना रहेको टोलिले बजार क्षेत्र तथा सरस्वती माध्यमिक बिधालयमा सरसफाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार