उद्यम/व्यवसायको व्यवस्थापन गर्ने तरिका

  गोपाल पौड्याल  140 पटक हेरिएको

गोपाल पौड्याल

उद्यम/व्यवसायको स्थापना र विस्तार र्गनु आफैमा एक महत्वपूर्ण कार्य हो । पौराणिक तरीकाले खेती गर्ने र पशु पालन गर्ने पद्दतीमा केही परिवर्तन गरी स्थानीय स्तरमानै लघु तथा साना उद्यम÷ब्यवसायहरुको मुल्यहरुको अभिबृद्धि गर्न अति आवश्यक छ । कुनै पनि कामको खास उद्देश्य हुन्छ । त्यो उद्देश्य प्राप्त गर्नको लागि धेरै कुराहरूको प्रबन्ध मिलाउनु पर्दछ । मानिस, मेसिन, सामग्रीहरू, पैसाको अलावा काम कसरी गर्ने भन्ने विधि वा तरिका छनोट गर्नुपर्दछ । कामदारहरूलाई काम गर्न सक्षम र इच्छुक बनाउनुपर्दछ, उचित समय निर्धारण गर्नुपर्दछ र सुव्यवस्थित ढङ्गले काम सम्पन्न गर्नुपर्दछ । यी सबै कुराहरूको चाँजोपाँजो मिलाएर कुनै पनि काम सुव्यवस्थितरूपमा, सामग्रीहरूको उचित र अधिकतम प्रयोग गरी काम गर्नुलाई नै “व्यवस्थापन गर्नु” भनिन्छ । छोटकरीमा भन्दा कामको सही चाँजोपाँजो मिलाउनुलाई नै व्यवस्थापन भन्न सकिन्छ । त्यसैले सानो होस् वा ठूलो, सरल होस् वा गाह्रो, जुनसुकै काम गर्न पनि व्यवस्थापन आवश्यक पर्दछ ।

व्यवस्थापन के हो ?

व्यवस्थापन एक निश्चित प्रव्रिmया हो । यसभित्र योजना, सङ्गठन, कार्यान्वयन तथा नियन्त्रण गर्नुजस्ता कार्यहरू पर्दछन् । मानिस तथा साधनहरू (सामग्रीहरू, पैसा, मेसिन) को प्रयोग गरी पूर्व–निर्धारित उद्देश्यहरू प्राप्त गर्नको लागि व्यवस्थापन आवश्यक हुन्छ ।व्यवस्थापन भनेको व्यवसाय चलाउने शक्ति हो, जसको माध्यमबाट व्यवसायमा निर्णय गर्न, कार्यान्वयन गर्न र नियन्त्रण गर्न सकिन्छ ।प्रभावकारी तथा दक्षतापूर्वक व्यवसायको उद्देश्य प्राप्त गर्नको निम्ति अरूद्वारा काम लिन सक्नु नै व्यवस्थापन हो ।

एउटा उद्यमीले व्यवस्थापनको कार्य गर्नुपर्ने हुन्छ, जसअन्तर्गत उसले दुई किसिमका प्रमुख व्यवस्थापन दायित्व निर्वाह गर्न आवश्यक हुन्छ । ती हुन् : १. स्व–व्यवस्थापन अर्थात् आफ्नो व्यवस्थापन र २. व्यवसायको व्यवस्थापन ।

व्यवस्थापनका प्रक्रपया/कार्यहरू

योजना–आफ्नो उद्देश्य पूर्ति गर्नका लागि बाटो हिँड्नेलाई हिँड्नुअगाडि नै दिशाबोध गराउने तरिका “योजना” हो । योजना बनाउने कार्यमा भविष्यमा के गरिनु पर्दछ, कहाँ, कसरी, कुन तरिकाले गर्ने हो भन्ने सबै कुराहरूको निर्णय गर्नुपर्ने हन्छ । योजनामा हुनुपर्ने आवश्यक विशेषताहरू,उद्देश्य स्पष्ट परिभाषित हुनुका साथै सजिलै र छर्लङ्ग बुझिने हुनुपर्दछ । कार्यको ठीक विश्लेषण र वर्गीकरण हुनुपर्दछ। लचिलो अथवा परिस्थिति अनुकूल हुनुपर्दछ । सन्तुलित हुनुपर्दछ अर्थात् सबै पक्षलाई उत्तिकै महत्वपूर्ण ठान्नु आवश्यक छ । जस्तै बजार पक्षमा मात्र बढी जोड अथवा उत्पादन पक्षलाई मात्र हेर्ने किसिमको हैन । बढीभन्दा बढी मात्रामा साधनहरूको प्रयोग गर्नसकिने हुनुपर्दछ ।

चित्रमा देखाइएको बिर्ख बहादुरको ढाका उद्योग हो । उद्योग बन्द भएर उनी चिन्तित मुद्रामा बसेका छन् । माथि उल्लेख गरिएको समस्या एउटा उदाहरण मात्र हो । व्यवसाय संचालन गर्दा यस्ता धेरै समस्याहरु आउन सक्छन् । समस्या परिसकेपछि वा जटिल भइसकेपछि समाधान खोज्नु भन्दा सकेसम्म समस्या आउनै नदिने गरी व्यवस्थापन गर्नु राम्रो हो । व्यवसायमा आइपर्ने केही समस्या र समाधानका उपायहरु तल दिइएको छ ।

लगानीको समस्या

कुनै पनि उद्यम÷ब्यवसायको सृजना र संचालन गर्न सजिलो भने अवश्य पनि हुँदैन तर उक्त उद्यम हरुको संचालन पूर्व हामीले धेरै कुराहरुमा गम्भिर हुन आवश्यक छ किनभने हामीमा पौराणीक तवरवाट खेती गर्ने वानीको वडी विकास भएको छ,पौराणीक संस्कारवाट व्यावसायिक वातावरणमा पस्नु पूर्व धेरै कुराहरुको अध्यायन गर्न जरुरी छ जस्तैः ब्यवसायीक योजना बनाउने,आफ्नै घरायसी श्रोतको प्रयोग गर्ने,इष्टमित्र, छर छिमेकीहरूसँग ऋण वा सापटी लिने,बचत तथा ऋण समूह, सहकारी संस्था वा बैङ्कबाट ऋण लिने,उक्त ऋणहरुको ब्याज समेत ब्यवसायमा गणना गर्ने,आपूर्तिकर्ताहरूसँग राम्रो सम्बन्ध विकास गरी उधारो सुविधा प्राप्त गर्ने ।

बजारको समस्या

बजार अध्ययन गर्ने, भौगोलीक क्षेत्रको आधारमा,उमेर समुह जस्तैः तपाइले स्थापना गर्नलाग्नु भएको ब्यवसावाट उत्पादित वस्तुहरुको उपभोग गर्दा बच्चाहरुको समुहले कति गर्छन्,युवाहरुको समुहले कति र्गछन् र बृद्धहरुको समुहहरुले कति गर्छन् यस्तै गरेर तपाइले उत्पादन गर्नु भएको वस्तुहरु सार्वजनि ठाउँ, सरकारी कार्यलय आदीमा कति प्रयोगहुन सक्छ सोको समेत अध्यायन गरि बजार वा ग्रहाकको  आवश्यकता, मागबारे जानकारी लिइरहने र सोही अनुसार वस्तु वा सेवा उत्पादन गर्ने । प्रतिस्पर्धीबारे बुझ्ने र आवश्यक्ता अनुरुप प्रतिस्पर्धीसँग सहकार्य गर्ने ।

कच्चा पदार्थको समस्या

तपाईले संचालन गर्नलाग्नु भएको उद्यमको निमित्त कस्ता प्रकारका अर्ध प्रशोधीत वस्तुहरुको आवश्यक्ता पर्दछ, उक्त अर्ध प्रशोधीत वस्तुहरुको उपलब्धता तपाईले स्थापना गर्न लाग्नु भएको ठाउँ वा क्षेत्रमा पर्याप्तता  कस्तो छ,कस्तो संस्कारका ब्याक्ति तथा समुदायहरुवाट तपाईलाई आवश्यक पर्ने कच्चा पदार्थहरु उपलब्ध वा उत्पादन हुने गरेको छ सोको समेत अध्यायन गर्न जरुरी हुन्छ ,कचापदार्थको किसिम, गुणस्तर र मूल्यको बारेमा बिभिन्न पसल, साथीभाई,छरछिमेक,सार्वजनिक ठाउंबाट जानकारी लिइरहने, जान्ने व्यक्तिाहरूसँग सल्लाह लिने र कच्चापदार्थ ल्याउने वैकल्पिक (अरु) ठाउँ, पसलको बारेमा  जानकारी लिने।

कामदारको समस्या

उद्यम÷ब्यवसायको स्थापना गरेरमात्र हुँदैन स्थापनाको सोच सँग सँगै हामीले उक्त उद्यम÷ब्यवसाय संचालन गर्दा कस्तो प्रकारको जनशक्तीहरुको आवश्यक्ता पर्दछ,दक्ष जनशक्ती वा अर्ध दक्ष जनशक्ती सोको वारेमा समेत अध्यायन तथा अनुसन्धान गर्नु पर्ने हुन्छ वा आफैंले सीप विकास गर्न सकिन्छ यात संस्था÷परिवारका सदस्यहरुलाई समेत शिप विकास सम्बन्धि तालिम सिकाउने, कामदारको उपलब्धताबारे सम्बन्धित जानकार व्यक्ति÷तालिम दिने संस्थासँग समन्वय गर्ने र उक्त उद्यममा गर्नु पर्ने कामहरुको कामदारको दक्षता अनुसार कामको वाँडफाँड  गरी जिम्मेवारी प्रदान गराउने ।

व्यवस्थापन समस्या

उद्यम÷ब्यवसाय संचालन गर्नु आफैमा गहन कार्यहो । यदी ब्यवसाय वा उद्यम संचालन गर्दा उक्त उद्यमको सहि तवरवाट ब्यवस्थापन गर्न सकिएन भने ब्यवसायमा अवश्य पनि घाटा हुन सक्छ त्यसैले ब्यवसायको सही ब्यवस्थापन हुन जरुरी हुन्छ । जस्तैः लक्ष्य निर्धारण गरेर, योजना बनाएर काम गर्ने,कामको बांडफांड गर्ने,स्रोत र साधनको सदुपयोग गर्ने,व्यवस्थापन तालिम लिने, अनुभवबाट र आफैं अध्ययन गरेर सिक्ने, अनुभवी र जान्ने व्यक्तिहरूसँग सोध्ने ।

प्रविधिको समस्या

हामीले संचालन गर्नलागेको उद्यम÷ब्यवसायलाई कस्तो प्रकारको मशिन,औजारहरुको आवश्यक्ता पर्दछ  सो मशिन,औजारहरु कसरी संचालन गर्ने,कस्तो प्रकारको इन्धनवाट जस्तैः डिजल,पेट्रो वा विजुली आदी वारे समेत जानकारी लिन आवश्यक हुन्छ । यस्तै गरेर प्रविधिको वारेमा अध्ययन गर्ने, जानकार व्यक्तिहरूवाट सुझाव लिने,मेशिन औजार कहाँबाट ल्याउने ? मर्मतको व्यवस्था कसरी गर्ने आदि विषयमा विचार गरेर योजनाबद्ध तरिकाले काम गर्ने ।

यसै गरी लक्ष्य निर्धारण गर्ने – कति उत्पादन गर्ने, कतिमा बिव्रmी गर्ने, कति नाफा कमाउने ? लक्ष्य हासिल गर्न विभिन्न विकल्पहरू तयार गर्ने ।उत्तम विकल्पको छनोट गर्ने ।विकल्पलाई कार्यान्वयन गनै तौरतरिकाहरू निश्चित गर्ने ।के काम गर्ने हो, पत्ता लगाउने । त्यस कामलाई विभिन्न समूहमा विभाजन गर्ने ।कामको बाँडफाँड गरी उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिने ।व्यवसायलाई प्रभावकारीरूपले सञ्चालन गर्न आवश्यक ढाँचा तयार गर्ने तथा स्रोत, साधन वा सामग्रीहरूको व्यवस्था गर्ने । कार्यन्वयन तहमा उद्यमीले र्निदेश र्गनु पर्ने हुन्छ जस्तैः के काम कसरी गर्ने, भनेर भन्ने ।नेतृत्व – बाटो देखाउने, डो¥याउने । निरीक्षण – राम्रो नराम्रो के भएको, हेर्ने । समन्वय र समझदारी – एक अर्कोमा मिलोमतो र सुमधुर सम्बन्ध राख्ने ।उत्पे्ररणा – काम गरूँ भन्ने भित्रैदेखि उब्जने भावना, हौसला र पे्ररणा जगाउने ।स्तर निर्धारण गर्ने ।स्तरअनुरूप भएको छ छैन ? रेखदेख गर्ने,आवश्यक सुधारको कदमहरुलाई वडवा दिएर अगाडी बडउनु पर्ने हुन्छ ।

यसरी ब्यवसायहरुको ज्ञान तथा शिपमा बिस्तार गरि स्थानिय स्तरमा संचालित आयआर्जन तथा ब्यवसायहरुको सृजना,विकास र विस्तारमा बृद्धि गराई नेपाल जस्तो कृषि प्रधान देशका ग्रामिण भेगमा जहाँ पौराणिक कृषि पेशालाई मात्र बडि भन्दा बडि मान्यता दिई आफ्नो दैनिकी गुजारा गर्ने प्रचलन छ  त्यहाँ उपर्यक्त किसिमका ब्यवसायीक सोचहरुको विकास गरी तिनै पौराणीक पेशाहरुलाई ब्यवसायीकरण गरी आर्जन वडाउन जरुरी देखिन्छ । हाम्रो जस्तो कृषि तथा पशु जन्य बस्तुहरुको उत्पादन हुने क्षेत्रमा लघु उद्यम÷ब्यवसायहरुको थालनी र विस्तार गर्ने  अथाहा सम्भावनाहरु छन् भन्नु अतियुक्ति नहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार