बुद्धिचाल संघ माङसेबुङको अध्यक्षमा डिल्लीकुमार राई

  नयाँ बुलन्द  151 पटक हेरिएको

इलाम : बुद्दिचाल संघ माङ्सेबुङको अध्यक्षमा डिल्लीकुमार राई चयन भएका छन् ।

माङसेबुङ गाउँपालिका ३ चतुरेमा शनिबार भएको भेलाले राईको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा सुकदल सेलिङ, सचिवमा खगेन्द्रराज कार्की र कोषाध्यक्षमा  शोभा राई चयन भएका छन् ।

सदस्यहरुमा मदनकुमार राई, अमरदिप राई, हरिचन्द्र योङहाङ, डोकेहाङ लिम्बु, मनिप्रसाद लिम्बु, रामबहादुर लिम्बु र जीबन राई चयन भएका छन् ।

बुध्दिचाल संघ इलामका अध्यक्ष यामप्रसाद लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाको तर्फबाट नवगठित समितिलाइ चेस बोर्ड र गोटी समेत उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार