सिनधोलुङ वनेम फागो लिम्बू सेवा समाजको दोस्रो साधारणसभा

  नयाँ बुलन्द  134 पटक हेरिएको

झापा : झापाको दमक-१ स्थित “सिनधोलुङ्ग वनेम फागो लिम्बू सेवा समाज”को दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

वनेम सेवा समाजको कार्यालयमा आयोजना भएको दोस्रो साधारसभाले १ लाख ६४ हजार २ सय १५ रुपैयाँ आयव्ययको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

किराँत राई यायोखा झापाका उपाध्यक्ष प्रेम चाम्लिङ राईको प्रमुख आतिथ्यामा शिनाधोलुङ्ग बनेम फागो लिम्बू सेवा समाजले गजेन्द्र वनेम फागोको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्र थुलुङ फागो, सचिव दुर्गाराज वनेम फागो, सहसचिव अर्जुन वनेम फागो र कोषाध्यक्ष कविता वनेम फागो चयन भएका छन् ।

सदस्यहरुमा सुखु वनेम फागो, टेक बहादुर वनेम फागो, कल्पना वनेम फागो, कविता वनेम फागो, धन माया वनेम फागो, मैत बहादुर वनेम फागो रहेका छन् ।

प्रमुख सल्लाहकार श्रीप्रसाद वनेम फागो, सल्लाहकार डम्बर वनेम फागो, रनध्वोज वनेम फागा, इन्द्रजित वनेम फागो, नारायण वनेम फागो, मैतराज वनेम फागो, सुर्य प्रसादवनेम फागो रहेका छन् ।

२०६४ असोज ७ गतेबाट संचालनमा आएको वनेम सेवा समाजमा जम्मा ३९ जना सदस्यहरु रहेका छन् ।

संस्थाको मुख्य उद्देश्य छरिएर रहेका वनेम फागो वंशावली जोड्ने, चिनजान गर्ने, मासिक रुपमा २ सय रुपैयाँ बचत गर्ने बानीको विकास र सरल व्याजमा सदस्यहरुभित्रै उक्त रकम परिचालन गर्ने रहेको छ ।

दुर्गाराज वनेम फागोले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गजेन्द्र वनेम फागोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार