माई नगरपालिकामा प्रथम मेयर कराँते प्रतियोगिता हुने

दानाबारी : इलामको माई नगरपालिकामा सोमबारदेखि प्रथम मेयर कराँते प्रतियोगिता संचालन हुने भएको छ ।

नेपाल सितोरियो कराँते संघ उपशाखा माई डोजोको आयोजनामा प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा महिला तर्फबाट २५ देखि ६० केजी माथी समूह तथा पुरुषतर्फ २० देखि ६० केजीसम्म तौल समुहमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुष टिम फाइट तथा जुनियर काता समेत संचालन गरिने आयोजकले जनाएको छ ।

कराते प्रतियोगितामा इलाम जिल्लाभरिको नगरपालिका तथा गाउँपालिका विभिन्न डोजोका करिब २ सय ५० जना खेलाडीको सहभागिता रहनेछ । दुई दिनसम्म संचालन हुने प्रतियोगिताका विजेताले ट्रफी र प्रमाणपत्र पाउँनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार