नक्कली परीक्षार्थीद्वारा भाषा परीक्षा पास गरि कोरिया पुगेका नेपाली पक्राउ

  युद्धबहादुर बोहोरा
0 Shares


इलाम : पछिल्लो समय वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्दै गरेको दक्षिण कोरियामा नक्कली परीक्षार्थी मार्फत (ईपिएस)भाषा परीक्षा पास गरी त्यहाँ पुगेका नेपालीलाई कोरियाली सरकारले पक्राउ गर्न थालेको छ ।

हालसम्म एक सय जना भन्दा बढी नेपाली पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको कोरियाली अध्यागमन कार्यालयले जनाएको छ ।

दक्षिण कोरियामा काम गर्न कठिन भए तापनि सोचे जस्तो आर्थिक उन्नति हुने भन्दै देश भरका युवायुवती कोरिया जाने होडबाजीमा जुरमुराए संगै यो प्रक्रियाबाट जान खोज्नेहरु निराश बन्दै गएका छन् ।

आफ्नो थोरै अनुभव भएकाहरु पास भएको खण्डमा मोटो रकम दिने सर्तमा अनुहार मिल्ने व्यक्तिलाई परिक्षा लेखाएर धेरै जना कोरिया जाने गरेको सूचनाको आधारमा अध्यागमन विभागले यस्तो अभियान शुरु गरेको बताइएको छ । अहिले त्यहाँ पुगेका नेपाली मात्रै हैन यस प्रक्रियाबाट जाने तयारी भएका समेत अफ्ट्यारोमा परेका छन् ।

तीन वर्ष पहिला कोरिया पुगेका नेपाली देखि भर्खरै तीन महिना अघि गएका पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर तथा पश्चिम म्याग्दी लगायतका जिल्लाबाट जानेहरु पक्राउ परेको प्रवासी श्रमिक संगठन (एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिए ।

कोरियाको आन्तरिक सुरक्षामा खतरा पुग्ने संभावना रहेको उल्लेख गर्दै यस किसिमको गतिविधिमा संलग्न व्यक्तिहरुलाई नेपाल पठाउने मात्रै नभई विभिन्न सुरक्षा सम्बन्धी मुद्धा चलाई अनुसन्धान अगाडि बढाएको अध्यागमन कार्यालयले जनाएको छ ।

यसरी पक्राउ पर्ने कतिपयलाई अदालती प्रक्रिया बढाई छ महिनासम्म थुनामा राखेको उनले बताए ।
यस पद्धतिबाट कोरिया जाने धेरै नेपाली आर्थिक र मानसिक दुवै पक्षमा पीडित भएको पाइएकोले यसो नगर्न सजग समेत उनले गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार