माङसेबुङको विकासका लागि सक्दो सहयोग : राज्यमन्त्री गजमेर

  ज्ञानु केदेम लिम्बू
7 Shares


माङसेबुङ : प्रदेश नं १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले धार्मिक पर्यटकीयस्थल माङसेबुङको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहमालाई सम्बोधन गर्दै त्यस्तो प्रतिवद्धता जनाएकी हुन् ।

किरात धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा विगतका वर्षझैं शनिबार आयोजित शुभजन्मोत्सव समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री गजमेरले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी कूलतमा फसेकाहरुलाई मानव बनाउने माङसेबुङ पवित्रभूमि रहेको उल्लेख गरिन् ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, नुमाङगेन्ना सेवा, अभिनन्दन, मिक्तोक अर्पण साथै समारोहमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद पत्र वितरण पनि गरिएको थियोे ।

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले उत्पादन/प्रकाशन गरेको किरात स्पन्दन भाग ७ लाई विमोचन गरिएको थियोे ।
यसरी नै साँझ बिबिध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । यसका लागि समारोहको सांस्कृतिक विभाग उपसमिति तथा
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा नुमाङगेन्ना सेवापछि बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

नुमाङगेन्ना सेवा समारोहको क्रममा बिहीबार (फागुन १ गते) साक्मुरा वादेम्मा, शुक्रबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा मूल समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने सञ्चालन समारोहका महासचिव काकीराम लावतीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार