छैटौं संस्करणको माईभ्याली गोल्डकपको तयारी तीब्र

  लोकेन थेवे  128 पटक हेरिएको

फाइल तस्वीर

इलाम : इलामको ठूलो टुडिखेलमा १५ फागुनदेखि छैटौं अन्तरास्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

यसलाई भव्य र सभ्य रुपले सम्पन्न गर्न आयोजक रातदिन खतिरहेका छ्न । इलामको एक चाडकै रुप लिएको माईभ्याली गोल्डकपको तयारिको लागि सुन्दर र आकर्षक बाँसको पाराफिटसंगै चारैतिर घेराबारा गर्ने कार्य तीब्र रुपले भईरहेको छ ।

अत्याधिक दर्शको चाप हुने माईभ्याली गोल्डकप यो वर्ष पनि सफल बनाउन नेपाली सेनाले पनि खुलेर सहयोग गर्ने भनेपछि आयोजक प्रतियोगितालाई सफल पार्न झन हौसिएको छ ।

खेल मैदानको अवस्था राम्रो नभएपनि फुटबलको राम्रो क्रेज भएको इलाममा माईभ्याली फुटबल प्रतियोगिता सुरु भएदेखि अन्तसम्म इलाम बजारका सबै व्यापारीहरु आफ्नो व्यापार ब्यवसायको नाफा /घाटाको कुनै प्रभाव नराखी आ-आफ्नो पसलहरु बन्द गरेर ठुलो टुडिखेल पुगिसकेका हुन्छन ।

माईभ्याली गोल्डकप हुदा प्राय इलाम बजार सुनसान हुने गरेको छ । पहाडी इलाकामा सबै भन्दा ठुलो धनराशि र धेरै दर्श्कको चाप भएको गोल्डकप भएकोले पुर्वको फुटबलको राजधानी पनि बन्दै आएको छ ।

इलामे दर्सक फुटबल भन पछि हुरुक्कै हुने भएकोले पनि होला, सबैभन्दा धेरै दर्शकको उपस्थिती फुटबलमा देख्ने गरेको छ । बालबालिकादेखि लौरोको साहारामा हिड्न सक्ने बुढापाकाहरु पनि दर्शकको रुपमा आउने गरेका छन् ।यसैको हौसलाले हुन सक्छ, आयोजकहरु रातदिन ब्यवस्थापनमा लागिरहेका छन् ।

तर यसरी निरन्तर अन्तरास्ट्रिय माईभयाली गोल्डकप हुँदा सनेत दर्शकले आयोजक इलामले सेमिफाइनल सम्मको समेत स्वाद चाख्न नपाएकोमा भने न्यास्रो मान्दै आएको छ ।

त्यसैले दर्शक बाडिएर अन्य टोलिको हुटिङ गर्न बाध्य भएका छन् । आयोजकले पनि यो कुरालाई स्विकारेका छन् । त्यसैले छैटौं संस्करणमा आयोजकको राम्रो टिम बनाएर उपाधि चुम्ने लक्ष्य राखेर अघि बढेको हुनसक्छ । तर सोचेजस्तो त्यति सजिल्लो सजिल्लो छैन । माईभ्यालीले उत्पादन गरेको ४ खेलाडी नाम चलेको नेपालको ‘ए’ डिभिजन क्लबबाट खेल्दै आइरहेका छन् ।
ती क्लबहरु पनि इलामको माईभ्याली गोल्डकपमा सहभागी हुँदैछन् । त्यसैले इलाम माईभ्यालीले उत्पादन गरेको खेलाडीहरु आयोजकबाट खेल्ने सम्भावना छैन ।

यस वर्षको माइभ्याली गोल्डकपमा ४ विदेशी र ६ स्वदेशी टिमको सहभागिता रहनेछ । दर्शकहरुको एकोहोरो इलाम कहिले फाइलल पुग्ने प्रश्नले आयोगकलाई अप्ठ्यारोमा त पारेकै छ, यता आयोजक पनि टिम राम्रो बनाउने कसरत गरिरहेको भएपनि राम्रो खेलाडी पाउन नसकेर नुन खाएको कुखुरा जस्तो टोलाईरहेको देखिन्छ ।

यो छैटौं संस्करण आयोजकले जित्ने टिम बन्न आवस्यक छ, नत्र पुन १ वर्षसम्म्म इलामले कहिले अन्तरास्ट्रिय माईभ्याली गोल्डकप जित्छ प्रश्न दोहोरिरहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार