नेपाली कांग्रेस माइजोगमाईले बुझायो गाउँपालिकामा २१ बुँदे ज्ञापनपत्र (पूर्णपाठ सहित)

  नरेन इलामेली  191 पटक हेरिएको

माइजोगमाई : स्थानीय तहको काममा अनियमितता भएको र भ्रष्टाचार बढेको भन्दै नेपाली कांग्रेस माइजोगमाईले गाउँपलिकाको कार्यालयमा २२ बुदे ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खँड्काको संयोजकत्वमा गाउँपालिका पुगेको एक टोलीले शुक्रबार माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतलाई ज्ञापन पत्र बुझाएको हो ।

कांग्रेसले ज्ञापन पत्र मार्फत स्थानिय तह गठन भए पछि जनताको ढाड भाँच्ने गरी कर वृद्धि भएको भ्रष्टाचार र अनियमितता बढेको र शुशासनको सट्टा कुशासन मौलाएको कांग्रेसको आरोप लगाएको छ ।

साथै स्थानिय स्तरमा हुने विकास निर्माणका लागि गठन हुने उपभोक्ता समिति एकलौटी रुपमा गठन गरेको, जनप्रतिनिधीहरुले अस्वभाविक रुपमा सेवम सुविधा लिएको, विद्यालयमा अनावश्यक हस्तक्षेप गरी आस्थाका आधारमा शिक्षक कर्मचारीलाई दुख दिएको र न्यायिक समितिले निष्पक्ष न्याय सम्पादन गर्न नसकी आस्थाका आधारमा न्याय सम्पादन गरेको लगायतका आरोप लगाउँदै तत्काल सच्याउन ध्यानाकर्षण समेत गराएको छ ।

स्थानिय तहमा बढेको भ्रष्टाचार, अनियमितता, कर्मचारी नियुक्तिमा एकलौटीपन र सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने काममा व्यक्तिगत निर्याय हुने गरेको भन्दै कांग्रेसले देशै भरका स्थानिय तहको ध्यानाकर्षण गराउने भएको छ ।

साथै यस कामले स्थानिय तहमा बढेको भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुग्ने कांग्रेसको विश्वास रहेको छ ।

यस्तो छ नेपाली कांग्रेस माइजोगमाईले गाउँपालिकामा बुझाएकोत्रापन पत्र

श्री अध्यक्ष ज्यू
माइजोगमाई गाउँपालिका
गाउँपालिकाको कार्यालय , इलाम
विषय ः ज्ञापन पत्र ।
२०७४ असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचन पछि माइजोगमाई गाउँपालिकामा हाल सम्म भए गरेका आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र भौतिक पुर्वाधार निर्माण कार्यको सवालमा माइजोगमाई गाउँपालिका नेपाली कांग्रेस कार्य समिति गम्भिर चासो व्यक्त गर्दछ ।यसै क्रममा नेपाली कांग्रेस जिल्ला कार्उ समिति इलामद्धारा गठित कार्य दलको प्रतिवेदन अनुसार स्थानिय तहमा जनताको ढाड भाँच्ने गरी वृद्धि भएको कर, मौलाएको भ्रष्टाचार, आर्थिक अनियमिता, कुशासन साथै अन्य जनविरोधी कदमले आम सर्वसाधारणलाई पर्न गएको असुविधा बारे निम्न बुँदाहरु मार्फत यस गाउँपालिकाको ध्यानाकर्षण गरिएको छ । वृद्धि भएको कर अविलम्ब घटाउनु पर्ने, भौतिक पुर्वाधार निर्माणमा चुस्त दुरुस्त हुनुपर्ने सहित कुशासनको अन्त्य गरी गाउँपालिकाबासीहरुलाई सरल र सहज ढंगले सेवासुविधाहरु प्रदान गर्नका लागि यसै ज्ञापन पत्रद्धारा ध्यानाकर्षण गराउँदछौँ ।
निम्न ः—
१. जनताको ढाड भाँच्ने गरी वृद्धि भएको कर, सम्पति कर, सिफारिस दस्तुर, राजस्व, व्यवसाय कर, महशुल, सेवा शुल्क अविलम्ब घटाउनु पर्ने ।
२. गरीब जनताबाट असुल गरिएको करबाट जनप्रतिनिधीहरुले अस्वभाविक रुपमा लिएको सेवा सुविधा कटौती गर्नुपर्ने ।
३. प्राकृतिक श्रोत साधन उपभोग गर्दा — जस्तै जल, जमिन, जंगल, बालुवा, गिटी, ढुंगा (भरौट) दोहन हुने हुँदा वातावरणीय मुल्यांकन, प्रारम्भिक वातावरणीय परिक्षण गरेर मात्र प्राकृतिक श्रोत साधनहरु प्रयोगमा ल्याउनु पर्ने ।
४. ठेक्का प्रणलीबाट कार्य गराउँदा सही सदुपयोग हुन नसकी निर्माण कार्य प्रभावित भएकाले उक्त कार्य अविलम्ब रोक्नु पर्ने ।
५. पुर्वाधार क्षेत्र विकास कोष ( सांसद विकास कार्यक्रम ) साथै केन्द्रिय, प्रदेश , पालिका स्तरिय कार्यक्रममा दोहारोपन आएको हुँदा उक्त कार्य तुरुन्त रोक्नु पर्ने ।
६. उपभोक्ता समिति निर्माण एकलौटी आस्थाका आधारमा गरिएकोमा सो अविलम्ब बन्द गरी सर्वपक्षीय समिति गठन गरनिु पर्ने ।
७. अनुगमन, निरीक्षण मुल्यांकनमा पारदर्शीता र प्रभावकारिता नदेखिएकोले उक्त कार्य परदर्शी हुनु पर्ने ।
८. स्वास्थ्य स्वयमसेविका, सामाजिक परिचालक, कार्यालय सहयोगीहरुलाई कम पारिश्रमिक दिई श्रम शोषण गरेकाले उचित पारिश्रमिक उपलब्ध गराउँनु पर्ने ।
९ . लक्षित बर्गको बजेट सम्बन्धित क्षेत्रमा प्रयोग गर्नु पर्नेमा अन्य क्षेत्रमा प्रयोग भई दुरुपयोग गरिएकोमा सो बन्द गर्नु पर्ने ।
१०. पालिकाको भवनहरु निर्माण कार्यमा स्टीमेट बमोजिमको रकम बार्षिक योजना किताब विपरित ठेकेदारसँगको मिलेमतोमा भ्रष्टाचार गरिएकाले अब उपरान्त स्टीमेट बमोजिम काम गर्नु पर्ने ।
११. मठ, मन्दिर, गुम्बा, चर्च, जस्ता धार्मिक पीठहरुलाई बेवास्ता गर्दै आएको हँदा यसको संरक्षण सम्बद्र्धनमा उचित ध्यान पुर्याउनु पर्ने ।
१२. पालिकामा प्राविधिक क्षेत्र, कृषि, पशुपालन जस्ता केन्द्रहरु यथासक्य स्थापना गरी सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।
१३. सवारी साधन मर्मत सम्भार, छापाखाना, स्टेशनरी, अतिथि सत्कारको नाममा मोटो (फर्जी) भुक्तानी गरी व्यापक भ्रष्टाचार भएको देखिएकाले सर्वदलीय समिति बनाई छानविन गरिनु पर्ने ।
१४. विद्यालयहरुमा अनावश्यक राजनैतिक हस्तक्षेप गरी आस्थाका आधारमा शिक्षक कर्मचारीलाई दुःख दिने साथै शिक्षक दरबन्दी पुरा नगरी शैक्षिक अवस्था अस्तव्यस्त बनाएकोमा सो अन्त्य गर्नु पर्ने ।
१५. बार्षिक बजेट तयार गर्दा राष्ट्«िय दलहरुलाई समेत आमन्त्रण गरी छलफलमा सहभागी गराउनु पर्ने
१६. खानेपानीको पाइप आस्थाका आधारमा वितरण गरी पक्षपात गरेको पाइएकाले निक्ष्पक्ष तवरले वितरण गरिनु पर्ने ।
१७. विद्युत पोल वितरणमा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्षलाई जानकारी नदिई आस्थाको आधारमा वितरण गरिएको पाइएकाले अब उपरान्त निर्वाचित वडा अध्यक्षहरुसँग उचित परामर्श गरी आवश्यक स्थानमा प्राथमिकताका आधारमा वितरण गर्नु पर्ने ।
१८. आस्थाका आधारमा स्थानिय युवाहरुलाई विभिन्न झुटा मुद्धा लगाउँदै फसाउने कार्य भएकाले उक्त कार्य रोकिनु पर्ने ।
१९.विद्यालयमा विद्यार्थीको छात्रवृत्तिमा समेत राजनितीकरण गरेको बुझिएकाले निष्पक्ष रुपमा वितरण गरिनु पर्ने ।
२०. सामाजिक परिचालकहरुलाई पुर्वाग्रही हिसावले हटाएकाले उक्त कार्यको भर्सना गर्दछौँ ।
२१. पर्यटन विकास सम्वन्धि विनियोजन भएको बजेट अन्य शिर्षकको बजेटसँग दोहोरो पर्न आएको देखिएकाले अनियमितता भई भ्रष्टाचार गरिएको उक्त कार्य रोकिनु पर्यो ।
२२. न्यायिक समितिले आम पालिकावासीहरुको समस्या निष्पक्ष न्याय सम्पादन गर्न नसकी आस्थाको आधारमा न्याय सम्पादन गरेको हुँदा निक्ष्पक्ष न्याय गरिनु पर्छ ।

मिति : २०६७ फागुन २ गते
मदन भण्डारी
सभापति
नेपाली कांग्रेस माइजोगमाई
गाउँपालिका कार्यसमिति, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार