पुराणबाट ४५ लाख संकलन

  गोविन्द लामिछाने
14 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ४५ लाख रकम तथा जिन्सी सहयोग संकलन भएको छ ।

विद्यालयको भौतिक सुधार, प्राविधिक शिक्षा सञ्चालन तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी पुराणमा उक्त सहयोग प्राप्त भएको हो ।

पुराणमा ४४ लाख ५० हजार नगद, ५२ रोपनी जग्गा तथा ३५ हजार बराबरको तुलादान गरिएको छ । पुराणमा दमक नगरपालिका निवासी चन्द्रबहादुर पौडेलले दुई लाख ५१ हजार १११ रुपैयाँ नगद प्रदान गरेका छन ।

त्यस्तै फाकफोकथुम ३ आमचोकका सोमध्वज पौडेलले दुई लाख २२ हजार २ सय २२, गणेशबहादुर पौडेलले एक लाख ५१ हजार १ सय ५१, रामप्रसाद तामाङले एक लाख ११ हजार १ सय ११, दमक नगरपालिका निवासी हर्कबहादुर पाण्डेले एक लाख पाँच हजार ५ सय ५५, मदन अधिकारीले एक लाख एक हजार १ सय १० र दधिराम ढकालले एक लाख एक हजार पाँच रुपैयाँ पुराणमा दान गरेका छन् ।

त्यस्तैगरी फाकफोकथुम गाउँपालिकाले एक लाख सात हजार, जसिमहन्त फाउण्डेशनले ६४ हजार १ सय ५१ प्रदान गरेको छ । जग्गादाता सुवेदी परिवारका तर्फबाटत चन्द्रकृष्ण सुवेदीले तीन लाख सात हजार बराबरको गेट समेत निर्माण गरिदिएका छन् ।

त्यस्तैगरी फाउण्डेशनका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले ८२ हजार १ सय ११, मोतिखर पोखरेलले ७७ हजार ७ सय ७७, लोकप्रसाद ढकालले ६३ हजार ३ सय ६३, गुरुभक्त लामिछानेले ६२ हजार ५ सय ९५, बालकृष्ण लामिछानेले ६२ हजार २ सय ६२, डम्वर खडकाले ६१ हजार, श्रीमान पौडेलले ५५ हजार ६ स्य ५५, प्रेमबहादुर खडकाले ५५ हजार ५ सय ७५, दिपेन्द्रप्रसाद पराजुलीले ५५ हजार ५ सय ५५, भवानी पोखरेलले ५५ हजार ५ सय ५५, टेकबहादुर पौडेलले ५४ हजार ३ सय ८५ रुपैयाँ दान गरे ।

त्यस्तैगरी कृष्णप्रसाद लुईंटेलले ५४ हजार १ सय ५६, बेतप्रसाद लामिछानेले ५४ हजार १ सय ५४, अनिरुद्र लामिछानेले ५३ हजार ६ सय १५ र १२ रोपनी जग्गा दान गरे ।

त्यस्तैगरी भीमा खडका (शर्मा) ले ५३ हजार ६ सय ५, बज्रबहादुर पौडेलले ५३ हजार ३ सय ५३, अर्जुन पौडेलले ५२ हजार ५ सय ५५, गंगाराम गौतमले ५२ हजार ५ सय ५२, कमानसिंह थेगिमले ५२ हजार ३ सय, योगेन्द्रविक्रम पौडेलले ५२ हजार १ सय ५२, चुडामणि पौडेलले ५१ हजार १ सय ५३, अर्जुनकुमार बोहोराले ५१ हजार १ सय ५१, श्यामसिंह पाण्डेले ५१ हजार १ सय ११, प्रदिप पौडेलले ५१ हजार १ सय ११, लक्ष्मण घतानीले ५१ हजार १ सय ११, हरिमाया कार्कीले ५१ हजार १ सय ५, रामबहादुर र चन्द्रबहादुर पौडेलले ५१ हजार ५५ र टेकबहादुर पाण्डेले ५१ हजार १ सय ५१ रूपैयाँ दान दिएको पुराण आयोजक समितिअन्र्तगत आर्थिक समितिले जनाएको छ ।

पुराणबाट संकलित रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीले बताए । जसिमहन्त स्मृति फाउण्डेशनका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले विद्यालयले क्याम्पस सञ्चालन गर्ने प्रतिबद्धता जनाएर भवन निर्माण गर्ने पक्का भएमा फाउण्डेशनका तर्फबाट ४० रोपनी जग्गा निःशुल्क प्रदान गर्ने घोषणा समेत गरे ।

पुराण समापन अवसरमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले प्राविधिक शिक्षा, भौतिक सुधारका लागि गाउँपालिकाले विद्यालयका लागि जस्तोसुकै सहयोग गर्न समेत तयार रहेको बताए ।

पुराण आयोजक मुल समारोह समितिका संयोजक अनिरुद्र लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजन पौडेल, प्रमुख कथाबाचक पण्डित लोमश शरण उपाध्याय, प्रधानाध्यापक मोतिखर पोखरेललगायतले बोलेका थिए ।

सो अवसरमा चन्दादाताहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार