पवित्रहाङमा कपको उपाधि एपीएफसी माङसेबुङलाई

माङसेबुङ : इलामको माङसेबुङमा संचालित १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि एपीएफसी माङसेबुङले जितेको छ ।

शुक्रबार भएको फाइनलमा लेटाङ फुटबल क्लब माेरङलाई १-० ले पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।

खेलको चाैथाे मिनेटमा एपिएफसी माङसेबुङकी रिमा तामाङले गरेको गाेल नै उपाधिका लागि निर्णायक बनेको थियो ।

जितसँगै एपिएफसी माङसेबुङले नगद १ लाख १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो । उता लेटाङ फुटबल क्लब माेरङले भने नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो ।

पुरस्कार भने मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा शनिबार प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गज्मेरको हस्तबाहुलीमा वितरण हुने आयोजकले जनाएको छ ।

आत्मा-पवित्रा हक्चात यक्चुमको आयोजनामा गत २३ माघदेखि संचालित प्रतियोगितामा ८ वटा महिला टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार