स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुनुकाे विकल्‍प छैन- सह-संयाेजक तामाङ

  नयाँ बुलन्द  113 पटक हेरिएको

रञ्जित तामाङ‍- सहसंयाेजक अनेरास्ववियू

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकाे भातृ संगठन अनेरास्ववियूका सहसंयाेजक रञ्जित तामाङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन हुनुकाे विकल्प नभएकाे वताएका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्नातक प्रथम वर्षमा अध्ययनका लागि आएका नवआगन्तुक विद्यार्थीहरुकाे स्वागत कार्यक्रममा तामाङले यस्ताे वताएकाे हाे । विहिवार अनेरास्ववियू मरब क्याम्पस इलामले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै तामाङले यस वर्ष कुनै पनि हालत स्ववियु निर्वाचन गराउनु पर्ने जिकिर गरेका छन् ।

स्ववियु निर्वाचनमा हार्ने मानसिकताले नेपाल विद्यार्थी संघले जहिल्यै चुनाव भाढ्ने काेशिष गरेकाे वताएका छन् । विभिन्न वहानामा स्ववियु हुन नदिनकाे लागि नेवि संघ मात्र हाेइन नेवि संघ लगायत अन्य विद्यार्थी संगठन पनि निक्कै कसरत गरिरहेकाे उनले आराेप लाए । तर त्याे कसरतले यस वर्ष केही नलाग्ने वताएका छन् । किनकी स्ववियु चुनावकाे निमित्त अनेरास्ववियू मैदानमा उत्रिसकेकाे र जुनसुकै अवस्थामा पनि स्ववियु निर्वाचन गराउने उनले चूनाैती दिएका छन् । उनले  स्ववियु चुनावमा स्वच्छ प्रतिस्पर्धामा जित्नकाे लागि मैदानमा आउन नेवि संघ लगायतका  विद्यार्थी संगठनलाई अनुराेध गरेका छन्  ।

स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाब विद‍्यार्थी संगठनकाे प्रमुख उपलब्धी र प्रमुख प्राथमिकतामा रहेकाेले पनि स्ववियु चुनाव गराउनु पर्ने तामाङले वताए । उनले भने- “विगतका वर्षमा नेपाल विद्यार्थी संघले हामीलाई एक वर्ष समय माग्दा दियाैँ । यसवर्ष एक महिनाकाे समय मागेकाे छ । हामी एक वर्ष समय दिन्छाैँ तर यसवर्ष स्ववियु चुनाव कुनैपनि हालतमा हुनुपर्छ । नेविसंघ याे वा त्याे वहानामा मैदानबाट भाग्नु हुँदैन ।” नेपालकाे शैक्षिक क्षेत्रकाे प्रत्यक्ष सराेकार राख्ने स्ववियु निर्वाचिन शैक्षिक परिवर्तनकाे लागि पनि हुन आवश्यक रहेकाे उनले वताए ।

यसवर्ष स्ववियु जसरी पनि बनाउने विषयमा इलामका कार्यकर्तालाई समेत सुझाव दिएका छन्  । सम्पूर्ण विद्यार्थीहरु आफ्नाे अधिकारकाे लागि स्ववियुकाे चुनावमा भाग लिन आग्रह गरेका छन् र चुनावमा अत्याधिक बहुमतले अनेरास्ववियुका प्यानललाई विजय गराउन उनले अनुराेध गरेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार