वुद्धिचाल संघ प्रवेश १ को अध्यक्षमा सिग्देल निर्वाचित

  नयाँ बुलन्द  132 पटक हेरिएको

इलाम : वुद्धिचाल संघ प्रवेश १ को अध्यक्षमा कृष्णप्रसाल सिग्देल निर्वाचित भएका छन् ।

मंगलबार इलाम सदरमुकाममा सम्पन्न प्रथम अधिवेशनबाट सिग्देल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा राजकुमार मेन्याङ्बो र सुरेन्द्र सुवेदी, सचिवमा सुरेन्द्रकुमार राई र कोषाध्यक्षमा बासुदेव गौतम निर्वाचित भएका छन् ।

सदस्यहरुमा कर्ण बस्नेत, लक्ष्मी निरौला, यसिस खम्बू, नारायण खतिवडा, लक्ष्मी कन्दङबा र गजेन्द्र माबो निर्वाचित भएका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार