अन्तर संकाय फुटसल : बुधबार पनि ३ खेल हुँदै

आदर्श मावि व्यवस्थापन ११ 'बी' समूह विजेता हुँदै सेमीफाइनल प्रवेश

  नयाँ बुलन्द  142 पटक हेरिएको

इलाम : इलाम सदरमुकाममा जारी अन्तरसंकाय फूटसल लिग प्रतियोगितामा बुधबार पनि ३ खेल हुँदैछ ।

पहिलो खेलमा इलाम मावि मानविकी ११ र आदर्श मावि विज्ञान, दोस्रो खेलमा आदर्श मावि व्यवस्थपन १२ ‘सी’ र हेरीटेज मावि व्यवस्थापन ‘बी’ तथा अन्तिम खेलमा आदर्श मावि व्यवस्थापन १२ ‘बी’ र हेरीटेज मावि व्यवस्थापन ‘ए’ बीच प्रतिष्पर्धा हुँदैछ ।

यसअघि मंगलबार पनि ३ खेल सम्पन्न भएका छन् । मंगलबारको पहिलो खेलमा हेरीटेज मावि व्यवस्थापन ‘बी’ लाई ८-३ ले पराजित गर्दै इलाम मावि मानविकी १२ विजेता बन्यो । समूह ‘बी’ तर्फबाट ३ खेल खेलेको इलाम मावि मानविकी १२ ले एक खेलममा मात्र विजेता बन्दै हालसम्म ३ अंकमा सीमित छ । सोही समूह अन्तरगत हेरीटेज मावि व्यवस्थापन ‘बी’ भने २ खेलमा दुवैमा हार व्यहोर्दै शुन्य अंकमा सीमित छ ।

दोस्रो खेलमा हेरीटेज मावि व्यवस्थापन ‘ए’ लाई १०-४ गोल अन्तरले पराजित गर्दै इलाम मावि मानविकी ११ विजेता बन्यो । समूह ‘ए’ अन्तरगत २ खेल खेलेको इलाम मावि मानवविकी ११ ले एकमा जित र एकमा बराबरी खेल्दै ४ अंक बटुलेको छ । सोही समूहको हेरीटेज मावि व्यवस्थापन ‘ए’ भने २ खेलमा दुवैमा हार व्यहोर्दै शुन्य अंकमा सीमित छ ।

त्यस्तै तेस्रो खेलमा आदर्श मावि व्यवस्थापन १२ ‘सी’ लाई ८-२ गोल अन्तरले पराजित गर्दै आदर्श मावि व्यवस्थापन ११ ‘बी’ विजेता बन्यो । समूह ‘बी’ अन्तरगत ३ खेल खेलेको आदर्श मावि व्यवस्थापन ११ ‘बी’ ले सबैमा जित दर्ता गर्दै ९ अंकका साथ समूह विजेता हुँदै सेमीफाइलन प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ । इलाम स्पोर्ट सेन्टर इलामको आयोजनामा भएको प्रतियोगितामा सदरमुकामका ८ विद्यालयको सहभागित रहेको छ ।

यस्तो छ अंक तालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार