इलाममा फागुन ५ देखि दादुरा-रूबेला खोप अभियान

  नयाँ बुलन्द
0 Shares

२६ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य

इलाम : इलाममा आगामी फागुन ५ गतेदेखि दादुरा–रूबेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्थानीय तहका टोलटोलमा यो अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

फागुन ५ गतेबाट सुरु गरिने अभियान पाँच–पाँच स्थानिय तह गरी दुई चरणमा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले जानकारी दिए । आगामी चैत्र ३० गतेसम्म चल्ने अभियानमा ५ बर्षसम्मका बालबालिकाहरुलाई समेट्ने लक्ष्य रहेको छ ।

जिल्लाको माईजोगमाई गाउँपालिकाका १ हजार ७ सय ६८, सन्दकपुर गाउँपालिकाका १ हजार ३ सय ५३, इलाम नगरपालिकाका ४ हजार ३ सय ४७, देउमाईका ३ हजार ६५ जना बालबालिका रहेका छन् । त्यसैगरी फाकफोकथुम गाउँपालिकाका २ हजार ३ सय ६ जना, माङ्गसेबुङ्गका २ हजार ३१, चुलाचुलीका २ हजार ३ सय ५, माईका ३ हजार ५ सय ९२,सुर्योदयका ४ हजार २ सय २० र रोङका १ हजार ५ सय ८६ जना बालबालिकालाई दादुरा रुबेला खोप अभियान २०७६/७७ मा खोप लगाइने छ ।

दादुरा-रूबेला कस्तो प्रकारको रोग हो ?

दादुरा अति छिटो सर्ने रोग हो । जुन मिजल्स भाइरसको कारणबाट हुन्छ। रुबेला पनि भाइरस (रुबेला भाइरस) कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रमक रोग हो। यी रोगहरू सामान्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ । यसले छिटै माहामारीको रुप पनि लिन सक्छ । बलबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत गराउन सक्छ । रुबेला रोगको असरहरू दादुराभन्दा सामान्य प्रकारको हुन्छ । तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने, तथा गम्भीर प्रकारको जन्मजात हुने, विकलाङ्ग देखा पर्न सक्छन् ।

दादुरा–रूबेलाका भाइरस मानिसमा मात्र सर्ने चिकित्सकको भनाइ छ । दादुराबाट आँखाको अन्धोपना हुने, पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, मष्तिस्कमाकडा खालको संक्रमण हुने, कम्पन हुने जस्ता जटिलता आइ पर्छन् भने रुबेलाको संक्रमणबाट हाडजोर्नी सुन्निने वा दुख्ने, गर्भपतन हुने वा मृत शिशु जन्मने, रगत जम्ने क्षमतामा कमी हुने खालका जटिता देखा पर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार