अन्तर संकाय फुटसल : सोमबार पनि ३ खेल सम्पन्‍न

  नयाँ बुलन्द
0 Shares

इलाम : आदर्श मावि व्यवस्थापन संकाय कक्षा ११ ‘बी’, आदर्श मावि व्यवस्थापन संकाय कक्षा १२ ‘बी’ र आदर्श मावि व्यवस्थापन संकाय कक्षा १२ ‘सी’ इलाममा जारी अन्तरसंकाय फूटसल लिग प्रतियोगितामा विजयी भएका छन ।

सोमबार भएको पहिलो खेलमा हेरिटेज मावि व्यवस्थापन संकाय ‘बी’ लाई १८-२ को अन्तरले हराउँदै आदर्श मावि व्यवस्थापन संकाय कक्षा ११ ‘बी’ विजेता बन्यो । समूह ‘बी’ बाट ६ अंकका साथ आदर्श मावि व्यवस्थापन संकाय कक्षा ११ ‘बी’ शीर्ष स्थानका उक्लेको छ । यसअघि आइतबारको दोस्रो खेलमा पनि उसले इलाम मावि मानविकी १२ लाई ७-२ ले पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो ।

दोस्रो खेलमा आदर्श मावि विज्ञान संकायलाई ८-५ गोल अन्तरले पराजित गर्दै आदर्श मावि व्यवस्थापन संकाय कक्षा १२ ‘बी’ विजेता बन्यो । समूह ‘ए’ तर्फ उसको पनि ४ अंक पुगेको छ । यसअघि आइतबारको पहिलो खेलमा इलाम मावि मानविकी ११ सँग १-१ को बराबरी खेल्दै आदर्श मावि व्यवस्थापन संकाय कक्षा १२ ‘बी’ ले १/१ अंक बाँडेका थिए ।

त्यस्तै तेस्रो खेलमा इलाम मावि मानविकी १२ लाई ७-२ ले पराजित गर्दै आदर्श मावि व्यवस्थापन संकाय कक्षा १२ ‘सी’ विजेता बन्यो । एक उसले पनि ३ अंक बटुलेको छ ।

यसअघि आइतबार भएको तेस्रो खेलमा इहेरिटेज मावि व्यवस्थापन संकाय ‘ए’ लाई ९-३ गोल अन्तरले पराजित गर्दै आदर्श मावि विज्ञान संकायले ३ अंक बटुलेको छ ।

प्रतियोगिता अन्तरगत मंगलबार पनि ३ खेल संचालन हुनेछ । पहिलो खेलमा

इलाम मावि मानविकी संकाय कक्षा १२ र हेरिटेज मावि व्यवस्थापन संकाय ‘बी’, दोस्रो खेलमा इलाम मावि मानविकी संकाय कक्षा ११ र हेरिटेज मावि व्यवस्थापन संकाय ‘ए’ तथा तेस्रो खेलमा आदर्श मावि व्यवस्थापन संकाय कक्षा ११ ‘बी’ र आदर्श मावि व्यवस्थापन संकाय कक्षा १२ ‘सी’ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ । इलाम स्पोर्ट सेन्टर इलामको आयोजनामा भएको प्रतियोगितामा सदरमुकामका ८ विद्यालयको सहभागित रहेको छ ।

यस्तो छ अंक तालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार