‘चुलाचुली इलाम युवाहरुको अभियान’ द्वारा विपन्‍न विद्यार्थीलाई ३५ हजार बढीको सहयोग

  चेतन आङथुपो
14 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका ६ साकफाराको रमितेस्थित नारायणज्योती आधारभूत विधालयलाई शैक्षिक र विद्यालय पोशाक वितरण गरिएको छ ।

‘चुलाचुली इलाम युवाहरुको अभियान’ ले असहाय र विपन्नवर्गका विद्यार्थीहरुका लागि सामग्री वितरण गरेको हो ।

सोमबार विद्यालयको खेलमैदानमा कार्यक्रम आयोजना गरी सो विद्यालयका १५ जना विपन्न विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कपीकलम, विद्यालय पोशाक, जुत्तालगायत वितरण गरिएको अभियानकका संयोजक राजेन्द्र केरुङले जानकारी दिए ।

योगेन लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीकुमार राई, प्रधानाध्यापक पुष्प तामाङ्ग, समाजसेवी तथा अभिभावक कर्णबहादुर राई, मनोज राई लगायतको उपस्थिति थियो । कार्यक्रम दिल राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

“तपाईको सानो सहयोगले जेहेन्दार विधार्थीको भोलीको भविष्य बन्न सक्छ” भन्ने नाराका साथ चुलाचुली इलाम युवाहरुको अभियानमा वविता राई, सविना साम्पाङ राई, रुपा थुलुङ, सागर जवेगु, भिष्मा दुलाल दंगाल, देवेन्द्र तुम्रोक, योगेन लिम्बू, सुदेश वान्तवा राई लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार