कांग्रेस युवा नेता डम्बर खडका द्वारा सिहदेवीलाई अर्थिक सहयोग

  शिव कुमार थापा
0 Shares

फाकफोकथुम :इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले सिहदेवी माध्यमिक विद्यालय आमचोकमा ६१ हजार नगद सहयोग गरेका छन ।

कृषि प्राविधिक बिधालय संचालन गर्न ,बिधालयको भोतीक संरचना निर्माण गर्न साथै आगामी शैक्षिक सत्र देखी यस मावि संचालनका लागि लगाइएको सप्ताह महायज्ञ पुराणमा रु ६१००० (एकसठी हजार )आर्थिक सहयोग प्रदान गरेका हुन ।

गत माघ २१ गतेदेखि शुरु भएको सप्ताहमा हिजो यज्ञ स्थलमा नै पुगेर उनले सो रकम प्रदान गरेका हुन ।यज्ञको अतिथी समेत रहेका खड्काले सदाचार , शिलाचार र ध्यान हाम्रो धर्मका मुल मन्त्र हुन भन्दै गरीबीको रेखामुनि रहेका बिध्यार्थीले अध्ययन गर्ने बिधालयको स्तर उन्नतिका लागि लगाइएको सप्ताह पुराणको सफलताको शुभकामना दिए ।

इलाम जिल्लाका अग्रज समाजसेवीको रुपमा राष्ट्रिय सम्मान प्राप्तको उदघोष सगै यस क्षेत्रका अग्रज , शिक्षक ,बिध्यार्थी लगायत समपूर्ण नागरिकहरुले पन्चे बाजागाजा सहित खड्कालाई सम्मान समेत गरिएको थियो ।

अन्य दाताहरुको समेत सहयोग भएको यस महायज्ञमा पुराण बाचक लोकशरण उपाध्यायले डम्बर खड्का जस्ता समाजसेवी यज्ञमा पाउनु अहो भाग्य हो भन्दै खुलेर प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार