इलामको पशुपतीनगरमा आगलागी

  टीका खतिवडा
0 Shares

इलाम : आज साँझ इलामको पशुपती बजार नजिकै एक घरमा आगलागी भएको छ । सूर्योदय नगरपालिका २ स्थित पशुपती वजार नजिकै रहेको सामुदायिक प्रहरी केन्द्रको भवन नजिकै रहेको सुधन क्षेत्रीको घरमा आगलागि भएको हो ।

घरमा कोही नभएको बेला एक्कासी घरमा आगो लागेको देखेपछि छिमेकीले प्रहरीलाई खवर गरेका थिए । आगो करिव करिव नियन्त्रणमा आएको ससस्त्र प्रहरी सिमा सुरक्षा बल पशुपतीनगरका प्रहरी निरिक्षक पवन खड्काले जानकारी दिए । उनका अनुसार क्षेत्रीको दुईतले काठले बनेको टिनले छापेको घर आगलागीबाट पुर्ण रुपमा क्षति भएको छ । के कारणले आगलागी भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

घरमा रहेका लत्ता कडपा, भाँडा वर्तन जलेर नष्ठ भएको छ । क्षतिको पूर्ण बिवरण आउन बाँकी रहेको छ । आगो स्थानिय, प्रहरी, ससस्त्र प्रहरी र सूर्योदय नगरपालिकाको दमकलको सहयोगमा करिव नियन्त्रणमा आइसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार