आलुबारीमा भेटियो २१ हप्ताको भ्रूण

  नयाँ बुलन्द
0 Shares

फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रूण प्रहरीले फेला पारेको छ। शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरमा भू्रण फेला परेको हो।

‘अस्पताल नजिकैको आलुबारीमा भ्रूण फेला परेको हो,’ पाँचथरका प्रहरी निरीक्षक रोमनराज आर्यालले भने, ‘प्लाष्टिकमा प्याक गरेर पुरेको अवस्थामा भू्रण फेला परेको हो।’ तर, भेटिएको भ्रूणको परीक्षण गर्न बाँकी रहेको उनले बताए। समर्पित अस्पतालमा पुस २६ गते राति यासोकस्थित सुकुम्बासि दलित परिवारकी १९ वर्षीया युवतीको पेटमा हुर्किएको २१ हप्ताको गर्भपतन गराइएको थियो।

स्याबरुम्बाका रमेश खड्कासगँ प्रेम विवाह गरेकी युवतीको पेटमा गर्भ थियो। अन्तर्जातीय विवाहबाट  गर्भवती भएपछि अध्यक्षसहित रमेशको परिवारले दबाब दिएर जबरजस्ती गर्भपतन गराएका थिए।

अध्यक्ष चेम्जोङ फरार 
‘अध्यक्षको दबाबमा भू्रणहत्या’ शीर्षमा समाचार प्रकाशित भएपछि चेम्जोङ फरार छन्। बुधबारदेखि  चेम्जोङ सम्पर्कमा छैनन्। पीडित युवतीले अध्यक्षसहित सातविरुद्ध जाहेरी दिएकी छन्। जाहेरी परेकामध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार