‘दक्षिण एसियाली दलित मिट–२०७६’ को तयारी पुरा

  नयाँ बुलन्द
0 Shares

इलामः इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ को सवै तयारी पुरा भएको छ । इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिले तयारी पुरा भएको जानकारी गराएको छ ।
जिल्लामा रहेका सवै दलितसँग सम्वन्धित संघसंस्थाले कार्यक्रमको आयोजना गरेका हुन् । भेला सदरमुकाममा भोली र पर्सी अर्थात (माघ २४ र २५) गते हुने छ । भोली दिउशो ११ वजे टुँडिखेलबाट ¥याली सहित गौतमबुद्ध सभागृहमा आएर उद्घाटन गरिने मुल आयोजक समितिका संयोजक नवराज शंकरले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा प्रदेस १ का ४ सय दलित जनप्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

दलित समुदायका संघिय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष र कार्यपालिका सदस्यहरू भेलामा सहभागी गराइने कार्यक्रम आयोजक समितिका सदस्य सचिव प्रकाश परियारले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनसम्म चल्ने भेलामा दलितप्रतिनिधिहरुले पाएको अवसर र चुनौतीका विषयमा ब्यापक छलफल गरिने छ ।
पहिलो दिन नौमती र झाँकीसहित ¥याली गरिने छ । त्यसपछि उद्घ्घाटन गरिने छ ।

यसका लागि नवराज शंकर संयोजक र प्रकाश परियार सदस्य सचिव रहेको १५१ सदस्यीय मूल समारोह समिति १७ सदस्यीय सचिवालय गठन गरेर तयारी गरिरहेको छ । हाल कार्यक्रमलाई कसरी सभ्य र भब्य बनाउन सकिन्छ भनेर छलफल एवम् प्रचार भइरेको वताइएको छ ।
हाल स्थानिय तहमा देशभर गरेर २० प्रतिशत मात्र सहभागिता रहेको कार्यक्रममा जानकारी गराइयो । यस कार्यक्रमले दलितको आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार