अनेरास्ववियू इलामकाे एकता टुंगाेे लाग्दै

६१ सदस्यीय जिल्ला कमिटि रहने

  नयाँ बुलन्द
0 Shares

देशका दुई ठूलठूला विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीचकाे जिल्लागत कमिटिहरुकाे एकता प्रक्रियाले तिव्रता लिएकाे छ । लामाे समयपछि केन्द्रिय कमिटिकाे एकता प्रक्रिया, त्यसपछि जिल्लामा संयाेजक र सहसंयाेजक ताेकिएसँगै जिल्ला जिल्लामा एकता प्रक्रियाले तिव्रता पाएकाे हाे ।

यसैबीच इलाम जिल्लामा ६१ सदस्यीय जिल्ला कमिटि रहनेगरी एकता प्रक्रियाकाे टुंगाे लागेकाे छ ।  पूर्व अनेरास्ववियुकाे तर्फबाट ३५ र पूर्व अनेरास्ववियु (क्रान्तिकारी) काे तर्फबाट २६ जना रहने गरी एकता प्रक्रिया टुङ्गाे लगाइएकाे जिल्ला संयाेजक प्रवेश पराजुलीले वताए । बुधबार बसेकाे संगठनका विद्यार्थी इन्चार्ज नवराज शंकर, संगठनका केन्द्रीय सदस्यद्वय रविन्द्र सुवेदी र सन्धिभक्त शंकर त्यस्तै जिल्ला संयाेजक प्रवेश पराजुली र सहसंयाेजक विपिन पाेखरेलकाे उपस्थितिमा बसेकाे वैठकले एकता प्रक्रियाकाे टुङगाे लगाउने तयारी गरेकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार