सुर्खेतमा जीप दुर्घटना : एककाे ज्यान गयाे, १४ घाइते

  नयाँ बुलन्द
0 Shares

सुुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा जीप दुुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ  भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा बराहताल गाउँपालिका-९, का दशरथ शाहीको घटनास्थलमै ज्यान गएको हो । मंगलबार बराहताल गाउँपालिकाको थारीबाट वीरेन्द्रनगर बजार आउँदै गरेको कर्णली प्रदेश ००२००१ ज ००१५ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा-१४, को बेदखोलामा दुुर्घटना भएको हाे।

जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार जीपमा १५ जना रहेका र तीमध्ये १४ जना घाइते भएका हुन् ।

डीएसपी रावलले जीप सडकबाट झण्डै १५ मिटर तल खसेको र घाइतेहरुको वीरेन्द्रनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार