महिला फूटबलमा वडा नम्बर ६ फाइनल प्रवेश

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : माङसेबुङमा जारी वडास्तरीय महिला फुटबल प्रतियोगितामा वडा नम्बर ६ फाइनल प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ विरुद्ध ३-० गोलको नतिजा निकाल्दै फाइनलको यात्रा पक्का गरेको हो ।

खेलकाे म्यान अफ दि म्याच माङसेबुङ ५ की सन्जु लिम्बु घाेषित भइन् ।

जितसँगै माङसेबुङ वडा नम्बर ६ ले फाइनलमा खेल वडा नम्बर २ सँग प्रतिश्पर्धा गर्नेछ ।

फाइनल माघ २० गते साेमबार हुनेछ । गतवर्ष पनि उपाधिका लागि वडास्तरीय महिला फुटबल प्रतियाेगितामा वडा नम्बर ६ र वडा नम्बर २ नै फाइनल प्रवेश गरेकाे थियाे ।

प्रतियाेगितामा प्रथम हुनेले नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा प्रत्येक वर्ष भइरहेकाे महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने खेलकुद समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार