महिला फूटबलमा माङसेबुङ ६ सेमीफाइनल प्रवेश

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ २ डोलटारमा जारी वडा स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा वडा नम्बर ६ सेमीफाइनल प्रवेश गरेको छ । वडा नम्बर १ लाई २-० गोलको नतिजा निकाल्दै वडा नम्बर ६ ले आफ्नो सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

खेलको १३ औं मिनटमा वडा नम्बर ६ की पुजा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको दोस्रो हाफमा पुनः वडा नम्बर ६ की  सुमिता राईले अर्को गोल गर्दै नतिजालाई दोब्बर बनाएको हो । खेलको म्यानअफदि म्याच माङसेबुङ १ का समिक्षा लिम्बु घोषित भइन् ।

सेमिफाइनलमा वडा नम्बर ६ ले वडा नम्बर ५ को सामना गर्नेछ । वडास्तरीय महिला फुटबल प्रतियोगिता अन्तरर्गत शुक्रबार १ बजे देखि पहिलो सेमिफाइनल खेल सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल वडा नम्बर २ र वडा नम्बर ४ बीच हुने समितिका सचिव धडकन सम्बाहाम्फेले जानकारी दिए ।

प्रतियाेगिताका विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर २ को डोलटार खेलमैदानमा भइरहेको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार