रसुवामा ‘कोरोनाभाइरस’को ‘संक्रमित’ भेटियो

  नयाँ बुलन्द
0 Shares

news

रसुवा : रसुवा जिल्लामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको हो ।

माघ पहिलो साता केरुङबाट फर्किएकी २४ वर्षीया ती महिलाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

केरुङबाट फर्किएकी महिला बिरामी परेपछि गाउँमा झारफुक र धामी–झाँक्री गर्दा निको नभएपछि अस्पताल ल्याइएकोमा कोरोनाभाइरस संक्रमण भएको पाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिएका छन् ।

रसुवागढी नाकाबाट अहिले आवत–जावत बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार