इलामको मरब क्याम्पसमा अज्ञात समूहले तोडफोड

  नयाँ बुलन्द  1015 पटक हेरिएको

news

इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको छ ।

सोमबार  गरिएको तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् ।

घटनालगत्तै पटक–पटक खबर गर्दासमेत प्रहरी आएर कारबाही अघि नबढाएकाले क्षतिको विवरण थाहा हुन नसकेको क्याम्पस प्रमुख रामप्रसाद गुरागाइँले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामालगायतका १८ बुँदे माग गर्दै ५० दिनदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

तालाबन्दीका कारण नियमित पठनपाठनमासमेत बाधा भइरहेको छ । थप जानकारी अन्य समाचारमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार