खुदुनाबारी स्पोर्टिङलाई उपाधि, नेता खड्काले दिए विजेतालाई नगद ८० हजार

  नयाँ बुलन्द  354 पटक हेरिएको

news

इलाम : इलामको सूर्योदय नगरपालिका ११ स्थित बिरेन्द्र माबिको खेल मैदानमा सम्पन्न १६ औ आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधी खुदुनाबारी स्पोर्टिङ क्लब अर्जुनधारा झापाले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा जनता सेभेन फिक्कललाई १ का बिरुद्द २ गोल गर्दै खुदुनाबारीले उपाधी हात पारेको हो ।

बिजयी टिमकालागी विशाल खवासले खेलको ६ र २८ मिनेटमा दुई गोल गरेका थिए । उपविजेता जनता सेभेनका लागि सुमन राईले खेलको ४२ औं मिनेटमा १ गोल गरेका थिए ।

उपाधीसँगै खुदुनाबारीले नगद ८० हजार र ट्रफी मेडल कार्यक्रमका प्रमुख अतिथी कांग्रेस नेता तथा समाजसेवी डम्बर खड्का र आयोजक आइतबारे युवा क्लबका अध्यक्ष खड्ग प्रसाद दाहालले बितरण गरे । विजेतालाई नगद ८० हजार नेता खड्काले व्यक्तिगत रुपमा नगद सहयोग गरेका हुन ।

जनता सेभेनलाई नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र दोस्रो पुरस्कार दाता डिल्लीराम आचार्य ,क्लबका सचिब उमेश प्रधानले प्रदान गरे ।

फाइनल खेलको म्यान अफ द म्याच खुदुनाबारीका विशाल खवास, प्रतियोगिताको उत्कृष्ट खेलाडी जनता सेभेनका अर्जुन गुरुङ, उत्कृष्ट गोलकिपर टि वाइ सि तिनघरेका सर्जन लिम्बू, सर्बाधिक गोलकर्ता खुदुनाबारीका विशाल खवास र जनता सेभेनका सचिन योल्मू संयुक्त र फेयर प्ले अवार्ड आहाले सेभेनले प्राप्त गरे ।

यसअघि सोही वडाको केराबारीमा किराँतहरुको उधौलीको अवसरमा सम्पन्न खेलमा समेत सहयोग गरेका नेता खडकाले जिल्लाभर हुने फुटबल खेलमा पुरस्कार तथा नगद गहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार