इजमको अगुुवाईमा सुमन राईलाई साढे ४२ हजार सहयोग

  नयाँ बुलन्द
7 Shares

काठमाडौ : मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भई उपचारत इलामका सुमन राईलाई ४२ हजार ४ सय ५२ रुपैयाँ सहयोग गरिएको छ ।

इलाम नगरपालिका ४ माईपोखरीका २९ वर्षीय सुमन राईलाई सामाजिक अभियान्ता प्रज्ञा इजमको अगुवाईमा सङ्कलित रकम शनिबार हस्तान्तरण गरिएको हो ।

सुमन राई बचाउ अभियान अन्तरगत विभिन्न सहयोगीहरुबाट सङकलित रकम काठमाडौमा सुमनलाई हस्तान्तरण गरिएको हो ।

अभियान अन्तरगत सुमनको उपचारका लागि पाँचथरका सरन लिम्बू आङ्देम्बे १० हजार, अमृत खालिङ राईले ७ हजार, धनकुटाका बायोङ लिम्बूले ५ हजार, हाल जापानमा रहेका सुजन देबकोटाले २ हजार ४ सय ५२, खोटाङका उमेस राईले ५ हजार, तनहुँका इन्द्र आले मगरले ५ हजार, ताप्लेजुङका बिमल लिम्बू ५ हजार, अभियान्ता प्रज्ञा इजमले २ हजार र विर्तामोडका दसरथ राईले १ हजार सहयोग रकम उपलब्ध गराएका थिए ।

सुमन राई गत दिपावलीका दिन मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । झापाको विर्तामोडस्थित विएण्ड्सी अस्पतालमा उपचार सम्भव नभएपछी हाल काठमाडौमा उपचार भैरहेको छ ।

पारिवारिक अवस्था कमजोर रहेका सुमनको उपचारका लागि सुमन राई बचाउ अभियान संचालन गरेर आर्थिक जुटाइरहेको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार