मिर्गौला रोगी शुक्रराजलाई बचाउन आर्थिक संकलन गरिदैं

  चेतन आङथुपो
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ का मिर्गौला रोगी ‘शुक्रराज नेम्बाङ लिम्बू बचाउ अभियान’ मा गाउँका छिमेकी युवाहरु २० लाख सहयोगार्थ संकल्न गर्ने लक्ष्यमा जुटेका छन् ।

२ वर्षदेखि नै दुवै मिर्गौलामा समस्या देखिएपछि २५ वर्षीय शुक्रराज नेम्बाङ लिम्बले डाक्टरकै सल्लाह अनुसार सातामा ४ देखि ७ हजार सम्मको औषधि सेवन गर्दै आएका थिए ।

गत पुष दोस्रो सातादेखि मिर्गौलामा पुनः समस्या देखिन थालेपछि डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएपछि शुक्रराज नेम्बाङ लिम्बू भएभरको जायज्यथा बेचेर उपचारका लागि भक्तपुर मिर्गौला प्रत्यारोपण अस्पताल पुगेका छन् ।

उनको बाबुको समेत ३७ वर्षमा मिर्गौला रोगकै कारण मृत्यु भएको थियो भने १० वर्षअघि १७ वर्षीय बहिनीको सोही रोगले मृत्यु भएको थियो । अहिले उनलाई पनि त्यहि मिर्गौला रोगले थलाएको छ । परिवारमा उनको २ छोरा र श्रीमती छन् ।

३ वर्षका कान्छा छोरा समेत शारीरिक रुपमा अशक्त छन् । उनको कम्मरमुनी चल्दैन । आमा वैदेशकि रोजगारीको शिलशिलामा ५ वर्षदेखि कुवेतमा छिन् । आफ्नो अचल सम्पती १५ कट्ठा जग्गा बेचेर उपचारमै सकिसकेको शुक्रराज बताउँछन् । उनको अब घडेरी जग्गा मात्रै बाँकी छ ।

उनको उपचारार्थका लागि ‘शुक्रराज नेम्बाङ लिम्बू बचाउ अभियान’ समितिका अध्यक्ष दुर्गासिंह लिम्बूका अनुसार, विरामीका श्रीमतीले मिर्गौला दिने तयार भएको थियो । ब्लड ग्रुप नमिलेकाले मिर्गौला दान गर्ने व्यक्तिको खोजी भइरहेको छ । मिर्गौला प्रत्यारोणका लागि ३० लाखमाथि पैसा चाहिने भएको जनाईएको छ ।

अभियानका कोषाध्यक्ष समेत रहेकी अम्बिका लिम्बू खेवाले भनिन्, ‘पुष २७ गतेबाट निरन्तर सहयोगार्थ संकल्नमा छौं, कहिले दुई कहिले तीन समूह बनेर हिडिरहेकाछौं, दैनिक १५ हजार सम्म सहयोग उठिरहेका छ, पुष ७ सम्म १ लाख ९० हजार रुैपयाँ संकलन भइसकेको छ ।’

यतिवेला देशभर नै मिर्गौला र क्यान्सर पिडितहरुको उपचारार्थको लागि चन्दा तथा सहयोग संकल्नमा दैनिकी गाउँ घर, शहर बजार माग्नेहरुको समूहले गर्दा सहयोग दिन हिचकिचाउने, गाली गर्नेहरु प्रशस्तै छन् । तर आर्थिक कम्जोर हुनेहरुको लागि यो बाध्यता बनिरहन्दा अभियान्तहरुको भनाइ छ ।

गरिव जनतालाई राज्यले स्वास्थ्य र शिक्षामा निःशुल्क सेवा सुविधा दिए कुनै पनि गरिबी र रोगीहरुको लागि सहयोग संकल्न गर्नु पर्ने थिएन । सहयोग गर्न चाहुनुहुनेहरुले मोबाइल नम्बर ९८४१३४६४१४, ९८१६०४२९५८, ९८२५९०१८०१ मा सम्पर्क गर्न अभियानले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार