सभामुखमा सापकोटा ‘निर्विरोध’

  नयाँ बुलन्द
0 Shares

news

काठमाडौं : प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ ।

सापकोटामात्र उम्मेदवार

संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो ।

सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराए ।

प्रस्तावक र समर्थक

सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।

प्रतिक्रिया

उम्मेदवारी दर्तापछि सापकोटाले प्रतिनिधिसभाको गरिमा र मर्यादा उच्च राख्न भगिरथ प्रयास गर्ने प्रतिक्रिया दिए ।

निर्विरोध

एकजनाको मात्रै उम्मेदवारी परेसँगै अग्निप्रसाद सापकोटा निर्विरोध सभामुखमा चयन भएका छन् ।

प्रक्रिया

तर, अर्को उम्मेदवारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

सभामुख चयनको औपचारिक घोषणा भने यही माघ १२ गते अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार