ब्यवसायिक महत्सवहरु र यसको औचित्यता

  गोपाल पौड्याल  274 पटक हेरिएको

कृषि प्रधान देश नेपाल र कृषिजन्यका साथै पशुजन्य उपजहरुको उत्पादनमा देशको सबैभन्दा ठूलो जनशक्ति स्वरोजगार तथा यस क्षेत्रमा लाभान्वित भएको कुरामा कुनै दुविदा छैन । पौराणिक प्रविधि र अत्याधिक शारिरिक श्रमका भरमा उत्पादित कृषि उपजहरुले वेला वखत उक्त बस्तुहरुको ग्रहाक वा बजार पाउँदैनन् । यस्तो अवस्थामा बजार नपाएका बस्तुहरुको विक्रि वितरण गर्न व्यवसायिक महत्सव वा उत्सवहरुको आयोजना गरिन्छ र यस्ले त्यस्ता बस्तुहरुको विषेशता सहित भविष्यमा समेत बिक्रि बडाउन मद्दत गर्दछ ।

हरेक ब्यक्तिको चाल चलन ब्यवहार,इच्छा,क्षमता उद्देश्य तथा भविष्यको लक्ष्य फरक फरक हुन्छ । त्यस्तै भिन्दाभिन्दै व्यवसायको लागि भिन्दा भिन्दै किसिमको सक्षमता आवश्यक पर्नेहुन्छ । जसले गर्दा एक ब्यक्तिकोलागि उपयुक्त हुने व्यवसाय अर्को ब्यक्तिको लागि अनुपयुक्त हुन सक्छ । मानिसहरुका मुल्य र मान्यताहरु (जसले उसको भविष्यप्रतिको दृष्टि निर्धारण गर्छ) पनि ब्यक्ति ब्यक्तिको फरक फरक हुन्छ ।

फलस्वरुप मानिसहरुको ब्यवसाय गर्नूको उद्देश्य पनि फरक फरक हुन्छ । कुनै ब्यक्तिले आपनो सामाजिक प्रतिस्ठा वडाउने उद्देश्यले ब्यवसाय गरेको हुनसक्छ भने कसैले आपनो परिवारका सदस्यहरुलाई रोजगारी दिलाउने हिसावले ब्यवसाय गरेको हुन्छ । यस्तै कसैले आफ्नो पुरख्यौली परमपरा कायम राख्न ब्यवसाय संचालन गरेको हुनसक्छ । त्यसैले ब्याक्ति र उसको व्यवसायमा तालमेल वा सामञ्जस्य ल्याउन व्यवसाय छनोट गर्दा उसले आफ्नो क्षमताको साथसाथै ब्यवसायवाट आफूले राखेको आशा अपेक्षालाई पनि ध्यानमा राख्दछ ।

हरेक ब्यक्तिले आफू र आफ्नो व्यवसायमा तालमेल गर्नु अघि आफ्नो भविष्यको लक्ष्यलाई ध्यानमा राख्नु पर्दछ ।यद्यपि कहिलेकाहि ब्यवसायको प्रारम्भिक छनौटका कृयाकलावहरु सहित व्यवसायको पूर्व सम्भाव्यता अध्यायन गर्दा समेत वस्तुहरुको उत्पादन पश्चात समस्याहरु सृजना हुने र्गदछन्। बजारमा माग भन्दा आपूर्ति बडि भयो भने,उत्पादित बस्तु प्रतिष्पर्धिको गुणस्तर भन्दा कम भयो भने,प्रवद्र्धन र प्याकेजिङ्ग समय सापेक्ष वा ग्रहाकको चाहाना बमोजिम भएन भने र उद्यमि स्वयम सामाजिक तथा आर्थिक हिसावमा अपमानित छ भने पनि उत्पादित बस्तुहरुको विक्रि वितरण गर्न समस्या हुन्छ । हाम्रो जिल्ला इलामको स्थानिय उत्पादनहरुलाई गहन रुपले अध्यायन गर्ने हो भने विशेषतःचिया र दुध यि दुई कृषि उपजहरु हाम्रो इलाम जिल्लाको हकमा कृषकहरुको जिविको पार्जनको प्रथम खेति वा आर्जनको स्रोत पनि हो भन्न सकिन्छ ।

कहिले काँहि तर यिनै कृषि उपजहरुमा सुनामि आउने गर्दछ । माग भन्दा पूर्ति बडि,गुणस्तर कम कावु भन्दा वाहिरका परिस्थितिहरु आदि कारण वाट नगदे वालिहरु पनि पछि परिरहेका छन् । यता राज्य पक्षवाट यस्ता उपजहरुलाई गरिने सहयोग भने कुनै ब्याक्तिलाई खान चाहि दिने तर चर्पी जान चाँहि बन्धेज गर्ने जस्तै छ । जस्तैः चिया कृषकहरुको निमित्त चिया खेतिलगाउन तथा उत्पादन गर्न धितो सहित ऋणचाहिँ उपलब्ध गराउने तर यसको विक्रि वितरणका निमित्त कुनै जिम्मेवारी राज्यले लिँदै नलिने ।

यदि राज्यले चाहेमा जिल्ला अनुसार उत्पादनहुने नगदे वालिहरुको बजारिकरणका निमित्त छुटै प्रकारको व्यवस्था पनि गर्न सक्छ । बजारिकरण र बजार ब्यवस्थापनका निमित्त वार्षिक योजनाहरु पनि कृषकहरुलाई सार्वजनिक गराउन सक्छ । जस्तै ः चियाको वार्षिक उत्सवहरु राज्यको तर्फवाट संचालन गर्ने, महत्सव वा उत्सवहरु संचालन गर्दा कुन सिजनमा चिया कृषकहरुलाई चिया विक्रि गर्न गाहे पर्छ उक्त सिजनामा महत्सवहरु संचालन गराउने। चिया उत्पादक देखि उद्यमि सम्म सवैलाई आमन्त्रणगरि महत्सवका विभिन्न प्रकारका जिम्मेवारिहरु सुम्पिदिने । महत्सवमा विक्रि कक्षहरु निःशुल्क उपलव्ध गराउने ।

चिया टेस्टिङ्ग सेन्टर तथा विदेश सम्म चिया र्नियात गर्ने ठूला व्यपारिहरुलाई अथिथ्यता गराउने । यूरोपका कुन कुन देश हरु चियाका पारखिहरु छन् उनिहरुकै देशका प्रतिनिधि जस्तैः राजदुतहरु वा ब्यवसायिक एजेन्सिहरु लाई समेत आथिथ्यता गराउने । राज्यले वार्षिक बजेट सार्वजनिक गर्दा र्निदिष्ट रुपमा यस्ता निश्चित नगदे वालि उत्पादन हुुने जिल्लाहरु र उक्त जिल्लामा उत्पादन हुने बस्तुको नाम समेत उल्लेखगरि वजेट भाषण वाट नै सोजो सम्बोधन गर्ने आदि ।

यदि यस्ता प्रकारका कदमहरु सहितको महत्सव संचालन गरेमा हरेक महत्सवहरुवाट हरेक वस्तुहरुको प्रर्वद्धन,बस्तुको विशेष्ता,गुणस्तर,प्याकेजिङ्ग,बजार आदि सवै कुराहरुको सम्बोधन हुन सक्दछ ।चियालाई यस लेखमा एउटा उदाहरण मात्र बनाइएको हो ।
कुनै पनि वस्तु विशेषको महत्सवहरु संचालन गर्दा उत्त बस्तुको विक्रि वितरण नहुने सिजन,समय वा उत्पादित वस्तुको बजार÷ग्रहाकहरुको अभाव भएको संकटको समयमा सव्य र भव्य तरिकाले व्यपारिक महत्तसहरुको आयोजना गर्न सकिन्छ ।

यस्ता प्रकारका महत्सव,प्रर्दशनि,विक्रि कक्ष आदि कुनै पनि बस्तुको विक्रयकलाका क्रियाकलावमा अपनाइने योजना अन्तर्गत र्पदछन् । यस्ता योजनाहरु बनाउँदा धेरै होस पुर्याएर बनाउनु पर्ने हुन्छ । आयोजक संस्थाहरुको निमित्त कुनै सार्वजनिक ठाउँमा ठुलै काम सम्पन्न गरेको भान पनि पर्न सक्छ तर यसो नभएर हामिले महत्सव कस्ता प्रकारका उद्यमि वा व्यवसायिका निमित्त संचालन गरेको हो र यो महत्सव,प्रर्दशन वा विक्रिकक्षवाट हाम्रा उद्यमि,व्यवसायिहरुलाई के फाइदा पुग्यो वा घाटा भयो आदि वारेमा महत्सव पश्चात आयोजकहरुले उक्त महत्सव वा उत्सवमा विक्रि वितरण गर्ने उद्यमिहरु सँग छलफल गरि राय,सुझावहरु संकलन गर्नु पर्दछ ।

अझ कहिले काहि त त्यस्ता महत्सवहरुमा उद्यमिहरुलाई उसले लिने विक्रि कक्षवाट दैनिक हिसावमा विक्रि कक्षको भाडा समेत आयोजकहरुले लिइने गरिन्छ । उद्यमिलाई निःशुल्क दिने भन्ने कुरा चाहि हइन यदि निःशुल्क दिन सके झन राम्रो हुन्छ । शुल्क र्निधारण गर्दा आयोजकहरुले कुन बिक्रि कक्षलाई कति लिने र किन यति लिने भन्ने कुरामा समेत विश्लेषण गर्न जरुरिहुन्छ । महत्सवहरु आयोजना गर्दा कुन बस्तु विशेशलाई बडि प्रथमिकिकरण गर्ने र कुन बस्तुलाई गौण लिने वा मिश्रित प्रकारको महत्सव आयोजना गर्ने आदि कुरामा समेत प्रष्ट दृष्टि तय गर्न जरुरि हुन्छ । महत्सवहरु तय गर्दा कस्ता खाले उद्यमि वा ब्यवसायिहरुलाई आयोजकले प्राथमिकतामा राख्नु भएको छ,त्यस्ता प्राथमिकतामा पर्ने उद्यमि÷ब्यवसायिहरुसँग महत्सव शुरुहुनु भन्दा केहि दिन अगावै छलफल गर्ने

विशेषत आयोजक संस्थाहरुले परामर्श दिने गर्नु पर्दछ । जस्तैः महत्सवमा राखिने बस्तुहरुको प्रदशनिको तरिका,सजावट,विक्रेताको वस्तु बिक्रि गर्ने आदि,वानि आदि यानेकि विक्रयकला वारे उद्यमि,ब्यवसायिहरुलाई महत्सव पूर्व परामर्श गरि महत्सव संचालन गरेमा थप प्रभावकारि बनाउन सकिन्छ ।

व्यवसायको आयको प्रमुख स्रोत नै बिक्री हो । त्यसकारण बिक्रि व्यवसायको मेरुदण्ड भएको हुनाले कुनै पनि व्यवसायको मुख्य उद्देश्य बिक्री बृद्धि गर्नु हो । बिक्री बृद्धि गर्ने एउटा प्रमुख उपाय विक्रयकला हो । बिक्रयकला भनेको वस्तु बिक्री गर्ने क्षमता,वस्तु खरिद गर्नका लागि संभावित ग्राहकलाई विश्वास दिलाउने कला र ग्राहकलाई वस्तु खरिद गर्न मनाउने कला हो । संभावित ग्राहकलाई दीर्घकालीन सन्तुष्टि दिने वस्तु खरिद गर्न उत्प्रेरित गर्ने कला हो । बिक्रयकलाको मुख्य उद्देश्य आफ्ना वस्तुहरु उपभोक्ताहरुलाई बिक्री गर्नु हो । बिक्रयकलाले ग्राहकहरुको आवश्यक्ता पूरा गरी सन्तुष्टि प्रदान गरेर व्यवसायीहरुलाई आफ्नो उद्देश्य पूरा गर्न सहयोग पु¥याउँछ ।आजको अत्यधिक प्रतिस्पर्धाको युगमा उत्पादकहरुले आफ्नो वस्तुलाई अरुको वस्तु भन्दा असल,आधुनिक र नयाँ भनी ग्राहक समक्ष प्रस्तुत गरी बिक्री गर्न बिक्रयकलाले सहयोग गर्दछ ।

यसप्रकार आफ्नो वस्तुबारे ग्राहकहरुलाई जानकारी दिई परिचित गराउन र आफ्नो वस्तु प्रति ग्राहकलाई आकर्षण गराउन बिक्रयकलाको आवश्यक्ता पर्दछ । यस प्रकार उत्पादकहरु बीचको कडा प्रतिस्पर्धामा ग्राहकहरुलाई आफ्नो वस्तुप्रति ग्राहकलाई आकर्षण गराउन बिक्रयकलाको आवश्यक्ता पर्दछ । यस प्रकार उत्पादकहरु बीचको कडा प्रतिष्पर्धामा ग्राहकहरुलाई आफ्नो वस्तुप्रति आकर्षण दिलाउने सशक्त माध्यमनै बिक्रयकला हो ।ग्राहकहरुद्धारा वस्तु खरिद गर्ने निर्णय लिनमा बिक्रयकलाको भूमिका हुन्छ । बिक्रेताले प्रष्ट रुपमा विभिन्न वस्तुहरुका बारेमा वास्तविक जानकारी दिई,ग्राहकलाई विवेकपूर्ण तरिकाले खरिद निर्णय लिनमा सहयोग प¥याउँछ ।

वस्तुको उपयोगिता सम्बन्धमा विद्यमान अज्ञानता,शंका र दुविधालाई हटाई ग्राहकहरुलाई आफ्नो वस्तुप्रति अभिप्रेरित गरेर ग्राहकको इच्छालाई मागमा परिणत गरी बजारमा माग सृजना गर्न सहयोग गर्दछ । त्यसकारण बिक्रयकला बिक्रीमा मात्र समाप्त नभएर वस्तुको नियमित माग सृजना गराएर समाप्त हुन्छ । बिक्रयकलाले बिद्यमान मागलाई सन्तुष्ट पार्ने र माग नभएको अवस्थामा माग सृजना गर्ने कार्य समेत गर्ने भएकाले कुनै पनि बस्तुको माग सृजनागर्न यो कला प्रभावकारी माध्यम मानिन्छ ।

यस्तैःकुनै उद्यमि वा व्यवसायीमा भएका शारीरिक,मानसिक,सामाजिक र चारित्रिक गुणहरुको समिश्रण नै व्यक्तित्व हो । कुनै पनि व्यक्तिको कुशलता र व्यवहार उसमा निहित विभिन्न गुणद्धारा अभिप्रेरित हुन्छ ।ती गुणहरुलाई विशेषत शारीरिक गुण,सामाजिक,मानसिक र चारिक्रिक गुणका रुपमा लिन सकिन्छ ।एउटा बिक्रेताले यस प्रकारका गुणहरुको निरन्तर र अथक प्रयासद्धारा आफुमा क्रमिक वृद्धि र विकास गर्दै जानु पर्दछ ।

यसरी,कुनै पनि वस्तुहरुको महत्सव वा उत्सव,प्रर्दशनि र बिक्रि कक्ष आदिको आयोजना गर्दा वा स्थापना गर्दा हामि आयोजकले खास कस्का निमित्त वा कस्ता प्रकारका बस्तुहरुको विक्रि वितरणमा जोड दिनकालागि यो महत्सवको आयोजना गरेका हौ भन्ने कुरा र्निदिश्ट हुन जरुरी छ । हामि आयोजकहरुले एक महत्तवपूर्ण ठाँउमा एक ठूलो महत्तसव ग¥यौ भनेर त्यसलाई कार्यप्रगति तर्फमोड्ने भन्दा पनि कृषि जन्य,पशुजन्य वा यान्त्रिक जन्य उद्योग वा ब्यवसाय संचालन गर्ने उद्यमि वा ब्यवसायिका निमित्त यति सहयोग गर्न सक्यौ भन्ने धारणामा बिकास गराइयो भने सवैको हित नै हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार