हिमशिखर टेलिभिजन दसौं खुड्किलामा

  नयाँ बुलन्द  88 पटक हेरिएको

इलाम :  हिमशिखर मिडिया ग्रुपद्धारा सञ्चालित हिमशिखर टेलिभिजन आज आइतबारबाट १० वर्षमा प्रवेश गरेको छ ।

प्रदेश नम्वर १ स्थित झापाको दमकमा मुख्य कार्यालय रहेको हिमशिखर टेलिभिजन संगै रेडियो हिमशिखर पनि आजबाट चार वर्षमा प्रवेश गरेको छ ।

आफनो दशौ वर्ष प्रवेशको अवसरमा हिमशिखर मिडिया ग्रुपले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । हिमशिखर टेलिभिजन र रेडियो हिमशिखरको दशौ वार्षिकोत्सवको हिमशिखर मिडिया गु्रपका अध्यक्ष ध्रुवप्रसाद न्यौपानेले टेलिभिजन परिषरमा एउटा रुद्राक्षको विरुवा रोपेर उद्धघाटन गरे ।

दशौवर्ष प्रबेश कार्यक्रममा मिडिया ग्रुपका जिल्ला प्रतिनिधिहरु तथा सम्वादाताहरु सगंको शुभकामना आदान प्रदान समेत गरिएको छ । कार्यक्रममा हिमशिखर मिडिया ग्रुपको लोगो राखिएको केक काटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार