मानव बेचविखन न्युनीकरण सम्बन्धी अन्तरक्रिया

  नयाँ बुलन्द  86 पटक हेरिएको

इलाम : इलामको सुर्योदय नगरपालिकास्थित पशुपतिनगरमा मानव बेचविखन न्यूनिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इलाम उद्योग वाणिज्य संघ अन्तरगतको अमेरिकन कर्नर इलामको आयोजना तथा माइती नेपाल पशुपतिनगर, जिल्ला प्रहरी कार्यलय इलाम, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपितनगर तथा २ नम्वर वडा कार्यलय सूनपाको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा इलाममा घटेका मानव तस्करी सम्बन्धी घटना तथा हिंसा न्यूनिकरणका कानुनी प्रावधान, दण्ड सजाय लगायतका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमा माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले महिला तथा बालबालिका बेचबिखनको जिल्लाको अवस्था र माइती नेपालले सोको रोकाथाममा गरेको प्रयासको बारेका सहभागीहरुलाई जानकारी दिएका थिए ।

इलाम उद्योग वाणिज्य सघ इलामका महासचिव हेमन्त गौतमाको अध्यक्षता तथा प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष कमल गदाल, सूनपा २ का वडा अध्यक्ष डिकबहादुर बम्जन, धर्म गौतम लगायतले मन्तव्य राखेका थिए ।

अमेरिकन कर्नर इलामका कार्यक्रम संयोजक हेम पौडेलले संञ्चालन तथा कार्यक्रमकोे औचित्यमाथि प्रकाश परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार