सेतुमारी सडक निर्माणमा चरम लापवाही

  नगेन्द्र न्यौपाने  66 पटक हेरिएको

दमक :  झापाको दमक १० स्थित हाईवे सेतुमारी सडकमा निर्माण भोईरहेको कालोपत्रेको काममा निर्माण पक्षले लापवाही गरेको भन्दै स्थानीयबासी शुक्रबार बिरोध गरेका छन ।

निर्माण कम्पनी रौताह, आरके जेभीले यो सडकको कालोपत्रेको काम गरिरहेको छ । दमक १० को संगम चोकदेखी सतुमारी मावा खोलासम्मको करिब ६ किलो मिटर सडकमा अहिले निर्माण व्यावसायीले डिभिजन सडक कार्यालय दमकको प्रत्यक्ष निगरानीमा काम गरिरहेको छ ।

तर पनि सडक निर्माणका क्रममा निर्माण पक्षले मापदण्ड विपरित काम गरेको भन्दै स्थानीय आक्रोश समेत पोखेका छन । स्थानीयले विरोधगर्दै बाकी काम अघिबढाउन अवरोध गरेपछि सडक कार्यालय दमकबाट पुगेको प्राबिधिको टोलीले स्थलगत अवलोकन गरेको थियो ।

निर्माण स्थलमा पुग्नु भएकी डिभिजन सडक कार्यालय दमककी ईन्जिनियर आकृती लाखेले निर्माणका क्रममा लापरवाही भएको स्वकार गर्र्दैै मापदण्ड अनुरुपनै सडक निर्माणगरिने बताउनु भयो ।

यो सडकको रौताह, आरके जेभीले ३ करोड ७७ लाख ८८ हजार ८ सय १ रुपैया ७७ पैसामा ठेक्का मार्फत कालोपत्रेको जिम्मा पाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार